
विनय कर्ण
सप्तरी ।
रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।
रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडकखण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका–२ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।

तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

अहिले प्रारम्भिक अनुसन्धान भइरहेकोले पछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनको भनाइ छ । यसैबीच, प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।






