टिस्टा–काँगडाका भारतीयलाई नेपाली नागरिकता देउः यादव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारतविरुद्ध अभियान चलाइरहेको आरोप लगाएका छन् ।

ग्रेटर नेपालका नाममा भइरहेको राष्ट्रियताको राजनीतिलाई ‘चीनियाँ जादु’ को संज्ञा दिएका उनले टिस्टादेखि काँगडासम्मको कुरा उठाएर चिनियाँको दलाली गरिरहेको आरोप लगाए ।

‘टिस्टादेखि काँगडासम्म नेपाल हो भने पहिला त्यहाँका नागरिकता देऊ’ भन्दै चिनियाँ अभियानको विरोध गरेका उनले नेपाली अनुहारका कतिपय चिनियाँलाई नागरिक नभई जमिन मात्रै चाहिएको आरोप लगाए ।

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको खुलासा गरे । चीनले अहिले पनि नेपालको सीमा मिचिरहेको तर त्यसका विषयमा कोही नबोलेको बताए । बाराको कलैयामा शनिबार आयोजित ‘नेपालप्रति चीनको अभ्यास र असर’ विषयक अन्तरक्रियामा बोल्दै यस्ता गलत राजनीति चिन्न र सचेत हुन यादवले सबैलाई आग्रह गरे ।

त्यस्तै संविधान सभा सदस्य बिपी यादवले शरणार्थीका नाममा भएको भ्रष्टाचारमा चीन र पाकिस्तानको समेत संलग्नता रहेको र नेपाली नेतालाई पैसाको प्रलोभनमा पारी चिनियाँ र पाकिस्तानी आतंककारीलाई अमेरिका पठाएको संदेह भएको बताए । चीनले ऋण जालमा फसाई नेपाललाई आफ्नो अधीनमा पार्न खोजेको आरोप उनको छ ।

अभियानी गोपाल दास बैरागीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू स्वयमसेवक संघका जिल्ला संघका रामबाबू साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, प्राध्यापक किशोरी राम, अधिवक्ता अजय स्वर्णकारलगायतले पनि बोलेका थिए । अभियान निकट राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button