संस्कृति, सभ्यता, सम्पदा पाठ्यक्रममा राखिनुपर्छः यादव

[mashshare]

उदयकुमार यादव, मधेशदृष्टिमा मिथिला सभ्यतामाथि लेखिरहेका स्तम्भकार, शिक्षाविद् र संस्कृतिकर्मी हुन् । उनको कलम निरन्तर चलिरहेको छ । उनको कृति ‘सत्यमेव जयते’ अमर कृतिमा पर्दछ । पहिलो संस्करण नै लोकप्रिय भयो, त्यतिखेर पढ्ने पुस्ताले अत्यधिक रुचाए । दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता विकृतिविरुद्ध कटाक्ष, व्यंग्य समावेश कृतिले यादवलाई उच्चस्तरको लेखक बनायो । उनको धर्म, संस्कृति र सभ्यतामाथि लेखिएका गद्यकविताहरु छन् । विवाह पञ्चमी, जानकी नवमी, दीपावली, छठ, कृष्णाष्ठमी, समाचकेवा, रक्षाबन्धनलगायत राजा सलहेस, गोपीचन, रानी सरंगा, कारीक महराज,जीवछी तेलीनीयाँ, राजा भरथरीका गीतिकतामाथि रोमान्टिक एवम् दर्दनाक गीतहरु पनि यादवले लेखेका छन् । उनी यस्ता सभ्यता, सम्पदा, संस्कृतिमाथिका रचनालाई पाठ्यक्रममै समावेश गरेर संरक्षण गरिनु पर्ने बताउँछन् । यादवले मधेशदृष्टिसँग गरेको कुराकानीः

मिथिला संस्कृतिको सम्वद्र्धन कसरी भइरहेको छ ?
जुन गतिमा हुनु पर्ने त्यस गतिमा त देखिँदैन, तथापि ठूल्ठूला उत्सव, पर्व अनि मेलामा अचेल पहिलेको अपेक्षाकृत यससम्बन्धी सुधारसहितका विकास देख्न पाइन्छ । उदाहरणका लागि विवाहपञ्चमी, विजयादशमी, माध्यमिकी परिक्रमा, धनुषाधाम मकर संक्रान्ति मेला, मणि पर्बल रक्षा बन्धन, दीपावली, छठ पर्व, गढीमाई मेलालगायत सलहेस फूलबारीमा समयसापेक्ष स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट केही न केही बजेट छुट्याई विशेष धुमधामसहित प्रदर्शन हुनुले लाग्छ कि सम्वद्र्धन भइरहेको छ । खासगरी जनकपुरका जानकी मन्दिरका लागि जे, जति र जसरी वल्र्ड हेरिटेजका निम्ति पूर्वाधार तयार हुनुपर्ने हो, त्यतिचाहिँ देखिएन । मिथिला संस्कृतिलाई विश्व सम्पदामा जबसम्म सूचीकृत गरिँदैन, तबसम्म मिथिला संस्कृतिको सम्वद्र्धन भइरहेको कसरी मान्ने ?

लेखकहरुले मिथिला सभ्यता र वैभवको कुरा गरे पनि प्रदेश सरकारले कस्तो काम गरिरहेको छ ?
विश्व प्रसिद्ध लेखकहरु आआफ्ना समयको प्रतिनिधित्व गरेकै हुन्छ, यो स्वभाविक हो । हाम्रो देशका लेखकहरु पनि राष्ट्रियदेखि प्रान्तीय क्षेत्रमा पनि आआफ्ना कलम नचलाएका होइनन् । तथापि मिथिला सभ्यता र वैभवको कुरा गर्दा, धेरै नै जटिलता देखियो । लेखकहरु निजीदेखि सरकारी प्रयासमा पनि धेरै पुस्तक प्रकाशन गरे पनि पाठ्यक्रममा उचित स्थान पाएनन् । ती पुस्तकहरुका उचित बजारीकरण भएनन् । लेखक वर्गमा अब वितृष्णा जागेर तिनीहरु दिग्भ्रमित पनि भए । मैथिलीमा वा अन्य स्थानीय भाषामा लेखिएका पाठ्यपुस्तक किनेर पाठक वर्ग पढदैनन् । कारणचाहिँ यसका पछाडि धरै छन्, तथापि प्रदेश सरकारले ती पुस्तक उचितस्तरमा कम्तीमा पाठ्यसामग्रीमा राखिदिए, बिक्री वितरण सजिलै हुनेथियो र लेखकहरु अवश्य नै हौसिने थिए भने कुरामा चाहिँ दुई मत हुँदैन । अर्थ मन्त्रालयबाट उचित बजेट उत्खनन्, अनुसन्धान तथा सोधग्रन्थ तयार गर्ने लेखकलाई चाहिँ हौसला प्रदान गर्नु उचत देख्दछु ।

तर पछिल्लो समय मिथिला सभ्यता मासिदै गयो, ४० भन्दा बढी मन्दिर हरायो भन्ने छ नि ?
कुरा त सही हो, मिडियामार्फत संसारलाई थाहा छ, यद्यपि यो धेरै नै हास्यास्पद तथा हाम्रो सभ्यतामाथि आँच आउने कुरा हो । यसबाट प्रष्ट हुन्छ कि यसमाथि हमला वा धावा बोलिने काम भइराखेको छ । यसका पछाडि कसको हात होला ? एउटा कुरा यो पनि छ कि तस्कर गर्नेहरुले हाम्रा धर्म संस्कृतिलाई पनि अक्ष्ुाण्ण राखेनन् । यदि यस्तो हो भने, छानबिनका लागि सम्बन्धित सबै सरोकारवालाको उचित ध्यान यतातिर किन नगएको ? तर एउटा कुरो यो पनि सत्य छ कि विनाकारण यदि त्यस्ता धार्मिक स्थल तथा पीठ साँच्चिकै मासिएका रहेछन् भने आज न भोलि ती दोषीहरुलाई अवश्य नै श्राप लाग्ला, यस धर्ममा यति शक्ति छ कि दोषी बाँचेर वा उम्केर कहीँ जान सक्दैनन् । सजायचाहिँ उसले वा उसका भावी पिँढीले भोग्नै पर्दछ, यसमा कुनै शंका छैन ।

जनक, जानकी, राम, अन्य पर्वको महिमा बढ्दै गएको छ या भारतको प्रभाव बढ्दै गएको छ ?
हामी हिन्दू धर्मसंस्कृतिबाट बढी प्रभावित छौँ । एकातिर हिन्दूधर्म संस्कृतिको आवाजचाहिँ उठाउने अर्कातिर भारतलाई नै बदनाम गर्ने ? यो अलि मिलेन जस्तो लाग्यो । प्राचीनकाल तथा पौराणिक कालदेखि नै हाम्रा छिमेकी मुलुक भारतसित बेटीरोटीको सम्बन्ध कायम छ । यसलाई चाहिँ तोड्न चाहेर पनि कसैले तोड्न सक्दैन । कारण विश्वप्रसिद्ध धार्मिक ग्रन्थ रामायणकै कुरा गर्दाखेरी, जनकपुर तथा मिथिलाका राजा जनककी छोरी सीताकी बिहे अयोध्याका राजा दशरथका छोरा रामसँग भएका होइन ? जहाँसम्म पर्वको महिमा बढ्नुको कुरा रहेछ भने, विवाहपञ्चमीमा सदियौँदेखि बारात आउँदछन् र जनकपुरमा चाहिँ राम जानकीको बिहे पौराणिक पदतिमा नै विधिवत् सम्पन्न हुने गर्दछन् । यो हिजो आजदेखिका परम्पराचाहिँ होइन । सदियौँदेखि चलिआएको, अर्कातिर हालसालै नेपालकै कोशी नदीका शीलाबाट भारतका अयोध्यामा हुनलागेको श्रीराम मन्दिरको मूर्ति निर्माण नेपालका लागि कति गौरवका कुरा भो ? तपार्इंलाई थाहा हुनुपर्ने नि ? भारतको प्रभाव बढ्नु वा नबढ्नु भन्दा महत्वपूर्ण कुरा यो छ कि सलहेस फुलबारी, गढीमाइ मेला तथा विवाहपञ्चमी जस्ता महामेलामा प्रमुख आकर्षणको केन्द्रचाहिँ भारतीय पर्यटक नै हुने गरेका छन् नि ?

स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग जानकी सभ्यता सम्वद्र्धनमा के अपेक्षा छ ?
यी तीनै सरकारसँग आआफ्ना स्तरबाट उतिकै समान तथा बराबरीको अपेक्षा राख्न सकिन्छ । स्थानीय सरकारले सिंहदरबारकै प्रतिनिधित्व गरेको छ, प्रदेश सरकारका आफ्नै हातको कुरो भयो आफँै उचित बजेट विनियोजन गरी यसको उचित प्रवद्र्धन गर्न सक्छ । त्यस्तै, केन्द्र सरकारले पनि केन्द्रका बजेटले यसको समुचित पूर्वाधार तयार गरिदिने भयो भने यसलाई छिटो भन्दा छिटो विश्व सम्पदाभित्र पनि सूचित गर्न सजिलो हुनसक्छ ।

सामाजिक सञ्जाल र गुगलका भर गरेर अध्ययन गर्ने शैली हरायो । त्यसैले अखबार पनि पढ्ने घटे । फेरि पढ्ने वातावरण कसरी बनाउने ?
लेख्ने पुस्ता सुस्ताएको छैन र पढने पुस्ता पनि खासै सुस्ताएको छैन, केबल माध्यमचाहिँ परिवर्तन भइ पेपर मिडिया भन्दा ईलेक्ट्रोनिक मिडियाले अपेक्षाकृत क्रान्ति ल्याएको जस्तो देखिन्छ मात्र, बाँकी सामाजिक सञ्जालमा पनि हामी लेखक पनि छाएकै हो, हामी लेखेनौँ भने त्यहाँ पनि विषय वस्तुको खडेरी लाग्ला नि ?

इतिहास खोज, अनुसन्धान, अन्वेषणमा युवा पुस्तालाई कसरी आकर्षण गर्ने ?
अचेल एक्काइसौँ शताब्दीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पाठ्यक्रम विश्वको परिवेश तथा बजारीकरण अनुसार परिर्वतनशील छन् । यसै आधारमा तिनीहरुका पाठ्यपुस्तकमा पनि प्रोजेक्ट तथा प्रोपोजललगायत प्रतिवेदन लेखिने सीपको विकासका अवधारणा विकास हुँदै गएकाले तिनीहरुलाई खासै प्राविधिक कठिनाई पनि बेहोर्नु पर्दैन जस्स्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button