न्यायधर्मिता र मृत्युको वजन

[mashshare]

सीमा छियानले पनि त्यस्ता गद्दारको प्रतिरक्षा गरेर अर्को गद्दारी गरे । सीमा छियानको समेत बचाउमा एकै जना अघि सरेनन् । न कुनै साथी न त कुनै सहयोद्धाले उनको पक्षमा चुइँक्कसम्म बोले । उनलाई गिरफ्तार गरियो र दिनसम्म सास्ती दिइयो । अन्ततः उनको विपक्षमा के फैसला सुनाइयो भने या त उनले मृत्युदण्ड रोज्नु पर्छ या त बन्ध्याकरण÷खसी पार्ने– रोजी उनैको ।

–टंक कार्की
–टंक कार्की

उहिलेको कुरा हो, इसापूर्व ९९ को, चीनको उत्तरी सीमा क्षेत्रमा चिनियाँ शाही सेनाले विद्रोहीसँग आत्मसमर्पण गर्यो । दरबारको निम्ति यो दुःखद खबर थियो र सम्राट रीसले आगो भए । भारदारहरुले सम्राटको बोलीमा लोली मिलाउन सुरु गरिहाले भारदरहरुमा एक जना नयाँ रिकुटे सदस्य थिए, सीमा छियान । उनी थिए सत्यको रक्षा गर्नु पर्दा एन्टिकरेन्टमा बग्न जोखाना हेर्नु न पर्ने । यस घटनाबारे उनले भारदारी सभामा आफ्नो दलिल पेश गर्दै पराजित सैनिक जर्नेलको पक्षमा चट्टानी अडानमा उत्रिए । उनले भने, ‘यी मान्छे बडो साहसी र शुरबीर हुन् । उनले बडेबडेमाका लडाइँ जितेका छन् र कीर्तिमान राखेका छन् । उनी विलक्षण प्रतिभाका धनी हुन्, ठिनेमिने होइनन् । यी भारदार भनेका त आफ्नो र आफ्ना परिवारको लादो भर्न हिरिक्क हुने गैवार हुन् । यिनीहरु अर्काको एउटा सानो गल्तीलाई तिलको पहाड बनाउँछन् । यिनको चालामाला देखेर मेरो मन कटक्क काटिएको छ ।’

सभाले फैसला ग¥यो, जर्नेलले आत्मसमर्पण गर्न लगाएर गद्दारी गरे । सीमा छियानले पनि त्यस्ता गद्दारको प्रतिरक्षा गरेर अर्को गद्दारी गरे । सीमा छियानको समेत बचाउमा एकै जना अघि सरेनन् । न कुनै साथी न त कुनै सहयोद्धाले उनको पक्षमा चुइँक्कसम्म बोले । उनलाई गिरफ्तार गरियो र दिनसम्म सास्ती दिइयो । अन्ततः उनको विपक्षमा के फैसला सुनाइयो भने या त उनले मृत्युदण्ड रोज्नु पर्छ या त बन्ध्याकरण÷खसी पार्ने– रोजी उनैको ।

आफ्ना सांगीतिक उस्तादलाई नयाँ नयाँ कामुक संगीत भर्न र घिनलाग्दा गीत गाउन लगाउथे । दरबारमा मदिराको सानो सानो पोखरी नै हुन्थ्यो । मासुको सुकुटी हेर्दा मानौँ जंगलै सुकाको जस्तो हुन्थ्यो । महिलालाई निर्वस्त्र पार्थे र घरी एउटी घरी अर्की घिसार्थे । रातभरि जसो मदिरा धोक्थे । सम्राटका आलोचक नभएका होइनन् । तर तिनलाई उनी किमा बनाइदिन्थे । आफ्नो मानमनितो र मर्यादा राख्न नसक्ने कुलिनलाई जिउदै सेकुवा पोले झैँ पोल्थे । यी उनै सीमा छियान हुन् ।

सीमा छियानको जमानामा त्यस्ता दण्डमध्ये कुनचाहिँ रोज्ने सजिलो थिएन । जीवनको मोह कसलाई हुँदैन र ? बन्ध्याकरण ! यो त यति ठूलो कलंक हो जोसँग सँगै बाँच्नु भनेको त मरेतुल्य भन्दा पनि बद्तर । अक्सर गरेर यो तहका दोषीहरु मृत्युदण्ड नै रोज्ने गर्दथे । सीमा छियानले भने बन्ध्याकरण रोजे ।

उनी भावी सन्तानका निम्ति इतिहास लेख्न अभिसप्त थिए । भाग्यको लेखा नै यही थियोः उनको विवेकले उनलाई त्यतैतिर उद्विग्न गराउथ्यो । फेरि इतिहास लेखन उनको पुख्र्यौली काम भने पनि हुन्छ । उनका पिता आफैँ दरबारका नामुद इतिहासकार पनि हुन् । मृत्यु शैयामा सुतिरहेका उनका बुवाले सीमा छियानलाई भनेका थिए, ‘छोरा तिमीले मैले थालेको अधूरो काम पुरा गर्नू ।’ छोराले हुन्छ भनेर कसम खाइसकेका थिए । सीमा छियानले यसै कारणले पनि बन्ध्याकरण रोज्नु परेको थियो ।

बन्ध्याकरणको शारीरिक पीडा त भयानक छँदै थियो, त्यसपछि पनि कतिपय त घाउमा संक्रमण भएर मर्दथे । त्यसबाट बचेकाहरु कलंक र मानमर्दनले गर्दा रेशमी किराको कोकुनमा झैँ बाँकी जीवन बिताउँथे – एकलास र परित्यक्त ।
सीमा छियानले चुपचाप मृत्युको प्रतीक्षा गरेनन् । उनी अहोरात्र चिनियाँ इतिहासको लेखनमा मरिमेटेर लागे ।

सीमा छियानले भाग्यको आफ्नो लहरीप्रति कुनै गुनासो गरेनन् बरु त्यसका परिणामप्रति आशावादी भाव राख्दथे । पछि उनले के पनि लेखेका छन् भने, ‘यति कष्ट झेलेर भए पनि आफ्नो कृति पछि गाउँगाउँ र ठूल्ठूला सहरमा पुगेछ भने म आफूलाई धन्य ठान्ने छु ।’ उनले आफ्ना बुबासँग गरेको कबुल पूरा गरे । उनले त्यसलाई ‘दि रेकर्डस् अफ दि ग्रान्ड हिस्टोरियन’ मा लिपिवद्ध गरे । यो कृति उबेलाको चीनलाई चिहाउने अनुपम कृति हो, चिनियाँहरु र चिनियाँ इतिहासका पारखीहरु जो कोहीका निम्ति पनि । अधम शासक आएपछि कसरी चीनमा वंशको पतन भयो र इतिहासमा त्यसको शिक्षा जान्न चाहनेहरुका निम्ति उनी बडो ठूलो स्रोत व्यक्ति हुन् । इतिहास उत्खनन् गर्ने क्रममा उनले आफूभन्दा एक हजार वर्षअगाडिको एउटा प्रसंग पनि उल्लेख गरेका छन् ।

कुरो शंग वंशको हो । ‘सम्राट चाउको मिजास सन्की थियो । उनी कुसाग्र बुद्धिका थिए । अरु भन्दा उनी भुसतिघ्रे–बलवान थिए । नाङ्गै हातले डरमर्दा जंगली जीवसँग उनी लाप्पा खेल्न पछि पर्दैनथे । उनी कसैलाई पनि तृण बराबर पनि गन्दैनथे । जड्याहा थिए । रंगरंगीलामा लिप्त । स्त्रीलम्पट ।
आफ्ना सांगीतिक उस्तादलाई नयाँ नयाँ कामुक संगीत भर्न र घिनलाग्दा गीत गाउन लगाउथे । दरबारमा मदिराको सानो सानो पोखरी नै हुन्थ्यो । मासुको सुकुटी हेर्दा मानौँ जंगलै सुकाको जस्तो हुन्थ्यो । महिलालाई निर्वस्त्र पार्थे र घरी एउटी घरी अर्की घिसार्थे । रातभरि जसो मदिरा धोक्थे ।

सम्राटका आलोचक नभएका होइनन् । तर तिनलाई उनी किमा बनाइदिन्थे । आफ्नो मानमनितो र मर्यादा राख्न नसक्ने कुलिनलाई जिउदै सेकुवा पोले झैँ पोल्थे । यी उनै सीमा छियान हुन् । जसको तलको प्रसिद्ध भनाइ माओ चतुङले आफ्नो संक्षिप्त लेख ‘जनताको सेवा गर !’ मा उदृत गरेका छन्ः
‘मानिसको एकपटक मात्रै मृत्यु हुन्छ, तर त्यो दुईखाले हुन्छ । एउटा मृत्यु

थाइ पहाड भन्दा गह्रुङ्गो हुन्छ भने अर्को कुखुराको प्वाँख भन्दा हलुङ्गो । मानिसले कस्तो मृत्युवरण गर्छ भन्ने कुरा ऊ कसरी व्यवहार गर्छ भन्ने कुरामा भर गर्छ ।’

वास्तवमै उनी महान चिनियाँ इतिहासकार हुन् ।
(कार्की पूर्व राजदूत हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button