मधेश प्रदेश सरकार चाँडै पुनर्गठनः यादव

[mashshare]

किरण कर्ण
जनकपुरधाम ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चाँडै मधेश प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पाँचदलीय गठबन्धनमा भएको सहमतिअनुसार नै मधेश प्रदेश सरकार पुनर्गठन हुने बताए ।

उनले सिके राउत नेतृत्वको जनमत पार्टीप्रति लक्षित गर्दै गठबन्धनमा भए पनि गठबन्धन बाहिर रहेको जस्तो व्यवहार गर्ने र गठबन्धनमा रहेको पनि भन्ने गरेकामा असन्तुष्टि व्यक्त गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले सिके राउत सङ्घीय सरकारमा रहने व नरहने भन्ने अधिकार प्रधानमन्त्रीसँग रहेको बताए । उनले प्रधानमन्त्रीले गठबन्धनका घटक दललाई मन्त्री बनाउने वा नबनाउने बिषयको अधिकार रहेकोले सोही विषय सङ्घ र प्रदेश सरकारमा पनि लागू हुने बताए ।

उनले भने, ‘हामी कसैलाई हटाउने वा नहटाउने पक्षमा छैनौँ । तर जनमत पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा अलग्गै उम्मेदवार खडा गर्‍यो, त्यस्तै उपनिर्वाचनमा पनि गठबन्धनविरुद्ध लाग्यो, गठबन्धनविरुद्धमा उम्मेदवारी दिए पनि मैत्रीपूर्ण प्रतिस्पर्धाको नियमनसमेत पालना नगर्नु दुःखद हो ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कुनै पनि बहानामा उम्किन दिन नहुने भन्दै सरकारको पनि अग्निपरीक्षाको विषय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button