
१४ गते फागुन
भारतको राजस्थान स्थित आयोजना हुने बाबा मिलन कार्यक्रम मा सहभागी हुन अवलोकन भ्रमण तथा दर्शनमा ब्यस्त देखिएको छ। आगामी मार्च २ तारिख को दिन राजसथान माउंट आबु रोड शान्ति बन स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा हुने बाबा मिलन कार्यक्रममा सहभागी हुन गएको महिला पुरुष गरी ५२ सदसिय टोली
धार्मक तथा एतिहासिक स्थलहरूको अवलोकन भ्रमणमा व्यस्त भएका हुन्।
ब्रहृमकुमारी राज्योग सेवा केन्द्र गौरकी यमुना दिदीको पहल तथा समाजसेवी ईन्जिनियर लक्ष्मन साहको नेतृत्वमा बाबा मिलन टोली गत ८ गते रौतहट बाट राजस्थानको लागि प्रस्थान गरेकाे थियो। आबु रोड स्थित शान्ति बन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा भइरहेको बिभिन्न कार्यक्रममा लगातार तीनदिन सहभागी भएको बाबा मिलन टोली शनिवार अवलोकन भ्रमण तथा मन्दिरहरुमा दर्शन को लागी निस्केको थियो। टोलीमा सहभागी तिर्थालुहरु आईतवार गुजरात स्थीत द्वारकाधिस मन्दिरमा भगवान कृष्णको दर्शन गरेको थियो।
लगत्तै टोली द्वारका बाट २६ किलोमिटर उत्तर तीन तिर बाट समुन्द्रले घेरिएको टापु सरह रहेको ओखा गाँउमा भेट द्वारका मन्दिरमा समेत भगवान कृष्ण र द्वारका स्थीत नागेश्वर महादेवको दर्शन गरेको टोली नायक लक्ष्मन साहले बताएका छन। द्वापरयुगमा द्धारकामा भगवान कृष्ण राजा रहेको समय उनको अतिनिकटतम मित्र सुदामा उन सँग भेटेका थिए।
अति विपन्न गरिब सुदामा मित्र भेट्न जाँदा कृष्ण उनको नाम सुन्ने बितिकै राजकाज छोडेर दौडदै बाहिर आएर अङ्कमाल गरी भेटेका थिए। उनको भेटपछि सुदामाको दरिद्रता हटेको तथा कृष्ण सुदामको दोस्तीको चर्चा अहिले पनि द्वारकामा हुनेगरेको पाइन्छ।
भगवान कृष्णको सम्झनामा निर्माण भएको द्धारकाधिस मन्दिरमा दर्शन गर्न भारत, नेपालका साथै संसारको अनेक देश बाट लाखौं मानिस आउने गर्दछन। ईन्जिनियर साहका अनुसार द्वारका र भेट द्धारकाको दर्शन पछि टोली आईतबार अपरान्ह सोमनाथ महादेव दर्शनको लागी प्रस्थान गरेको छ।
उता भेट द्वारका मन्दिरको भने आफ्नै ईतिहास रहेको छ। द्धापरमै भगवान् कृष्णको देहावसान पछि हराएको उनको मुटु सोहिताका ओख गाँउमा भेटिएकाले त्यस ठाउँको नाउँ भेट द्वारका राखेर भगवान कृष्णको मन्दीर निर्माण भएका किव्दण्टी रहेको छ।
भगवान शिवको १२ ज्योतिर्लिङ्ग मध्ये सोमनाथ मन्दीर सबभन्दा पहिलो मन्दीर हो । ईशपूर्वमा नै आफ्नो अस्तत्वमा रहेको सोमनाथ मन्दीर माथी दोस्रो विश्वुद्धपछि मुस्लिम शासकहरूले पटकपटक आक्रमण गर्दै आएका छन। स्वाराष्ट्रका पूर्वराजा दिग्विजय सिंहले भारतको आजादी पछि ८ मई सन् १९५० मा सोमनाथ मन्दीर पुनर्नर्माणको लागि सुरुवात गराएका थिए।
एकबर्ष पछि १५ मई सन १९५१ को दिन भारतको प्रथम राषट्रपति डाक्टर राजेन्द प्रसादले सोमनाथ मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना गरिएको ईतिहास छ। भगवान शिवको १२ ज्योतिर्लिङ्ग मध्ये सबभन्दा पुरानो सोमनाथ मन्दीर रहेकाे मान्यत रही आएको छ। सम्पूर्ण मनुष्य आत्माको पिता परमपर्मातमा हुन।
उनको सत्य नाम शिव बाबा हो र बाबा नै सम्पूर्ण मानवको पिता भएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मान्यता रहिआएको छ। ज्ञानमार्गको सुरूवात, विश्व जगतको मानवको कल्याण गर्न बाबाको विकल्प छैन। बाबा मिलन टोलीका अर्का सदस्य अधिवक्ता शान्ति सुवेदीले भारत राजस्थान स्थीत माउन्ट आबु पर्वत माथि शिवरुपी व्रहमा बाबाको जन्म भएको थियो,
बाबाले मानव कल्याणको लागि संसारमा लाखौँ ब्रह्माकुमारी हरु लाई समर्पित गरिएको थियो। उनको सम्झनामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र शान्ति बन आबुले सन १९३७ देखि प्रत्येक वर्ष बाबा मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ। शान्ति वनमा हुनेगरेको बाबा मिलन कार्यक्रममा भारत, नेपाल लगायत संसारको दर्जनौं देश बाट हजारौँ मानिस सहभागी हुनेगरेको अधिवक्ता सुवेदीले जानकारी दिएका छन।
बर्तमान परिवेशमा मानिसले जे जति पैसा आर्जन गरेपनि आत्म सन्तुष्टि नभई हमेशा बेचैन हुने भएकाले राजयोग सेवा केन्द्रको प्रयासले मानिस लाई ठुलो राहत भइरहेको एकजना समर्पित ईन्जिनियर दीपेन्द्र यादवले बताए। विगतमा सहर केन्द्रित सेवा केन्द्रका शाखाहरू स्थानीयको माग अनुसार गाँउ ठाँउमा पनि सेवा दिरहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र गौर जनाएको छ।






