
माघ । २८
आश्रय निर्माण सेवा रौतहटका संचालक तथा प्रबन्ध निर्देशक रामश्रे साह कलवारको निधन भएको छ। ६४ बर्षिय साहको उपचारको क्रममा भारतको चण्डीगढमा हिजो शुक्रबार निधन भएको हो।
रौतहटका अग्रज निर्माण ब्यवसायी रामाश्रे साह लामोसमय देखि क्यान्सर रोग बाट ग्रसित भएर उपचाररत रहेको उनका भाई तथा प्रदेश सांसद नागेन्द्र साहले बताएका छन ।उनको पार्थिव शरीर चण्डीगढ बाट ल्याईरहेको तथा अन्तिम संस्कार आज गृहनगर रौतहटको दुर्गा भगवती गाउँपालिका ५ स्थित बागमती नदि किनारमा हुने योजना रहेको प्रदेश सांसद साहले जानकारी दिएका छन ।
निर्माण ब्यवसाय तर्फ ४० बर्षदेखी योगदान गरेका अग्रज स्वर्गीय साहको दुइजना छोरा रहेका छन । क श्रेणीको आश्रय निर्माण सेवा ले देसको प्रायः सबै प्रदेशमा ठुला ठुला योजनाको काम गर्दै आएको थियो ।
यसैबीच निर्माण ब्यवसायी संघ रौतहटले शुक्रबार एक शोक बिज्ञपति जारिगर्दै अग्रज निर्माण ब्यवसायी रामाश्रे साहको निधन प्रती दुखस् व्यक्त गरेको छ।
संघका अध्यक्ष ईन्जिनियर कृष्णदेव यादवले बिज्ञपति मार्फत उनको निधनले निर्माण ब्यवसाय क्षेत्रमा अपुरणिय क्षति भएको उल्लेख गर्दै मृत आत्माको चिरशान्तीको कामना समेत गरेको छ।






