
मैथिली र भोजपुरी भाषामा एकसाथ रिलिज हुने नेपालकै पहिलो मैथिली तथा भोजपुरीभाषाको थ्रिलर फिल्म “त्रास एक खौफ” को टिजर सार्वजनिक भएको छ ।
मैथिली,भोजपुरी,नेपाली र हिन्दी भाषाका चलचित्रहरुमा अभियनय गरिसकेका निराजन मेहता मन्जीतको अभिनय रहेको त्रास एक खौफ फिल्मले सार्वजनिक गरेको टिजरमा नेपालमा बन्ने स्थानिय भाषाको फिल्महरुले पनि आधुनिक युग संगै प्रविधि प्रयोगमा फडको मारेको बुझन सकिन्छ । श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेको भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्पेन्स, थ्रिल, प्रेम प्रसंग, अपराध सँग जोडिएको कथा वस्तुमा निर्माण भईरहेको चलचित्र जनकपुरधाम, सप्तरी र सुनसरीको विभिन्न लोकेशनहरुमा छायांकन गरिएको चलचित्रका लेखक तथा निर्देशक निराजन मेहता मन्जितले बताए ।
चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन प्राविधिक कुरामा विशेष ध्यान पुर्याईएको र कथा वस्तुमा पनि पुरै टीमले राम्रो मेंहनत गरेको निर्देशक मेहताले बताए । यो चलचित्रको धेरै कामहरु सम्पन्न भईसकेको हुनाले आगामी वैशाख अनितममा प्रदर्शनमा आउने बताए ।
लगातार डेर दशक देखि मैथिली र भोजपुरी चलचित्र क्षेत्रमा सक्रिय भई काम गर्दै आईरहेका निर्देशक मेहताले यो चलचित्र मैथिली र भोजपुरी दुई भाषामा बनाएको बताए । यो चलचित्र भारतको युपी र विहार प्रान्तमा पनि लोकप्रिय हुने विश्वास निर्माण पक्षको रहेको छ ।
सो फिल्ममा अभिनेता निराजन मेहताले लीड अभिनय पनि गरेका छन् ।





