कटहरिया नगरपालिकाद्धारा न्यानो वितरण

[mashshare]

आरके श्रीवास्तव
गरुडा,२४ माघ । रौतहट जिल्लाको कटहरिया नगरपालिकाले न्यानो कम्बल वितरण गरेको छ । कटहरिया वडा नम्बर २ हथियाही र जमुनिया टोलका गरिब,दलित, विपन्न,जेष्ठ नागरिक लगायतका परिवारलाई सोमवार न्यानो कम्बल वितरण गरिएको हो ।
कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालको निर्देशनका सोमाबार एक कार्यक्रमका बिच सो कम्बल वितरण गरिएको छ ।

नगर प्रमुख जयसवालको निर्देशनमा जिन्सी शाखा प्रमुख संतोष साहले सो कम्बल वितरण गरेका हुन् । वडा नम्बर ५ स्थित रहेको नगरपालिकाको प्रांगनबाट कम्बल वितरण गरिएको हो ।

कटहरिया नगरपालिका वडा नम्बर २ का ६० जना लक्षित परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो बढेपनि स्थानीय सरकारले कम्बल वितरण नगरेको गुणासो आउन थालेपछि नगर प्रमुख जयसवालले कम्बल वितरण गराउन कार्य सुरू गरेका हुन् ।
चिसोको कारण गरिब,विपन्न परिवार समस्या परेका छन् । कम्बल वितरणको सहयोग थोरै भएको पनि उनीहरूले राहत महसुस गरेका छन् । यस अघि कटहरिया नगरपालिकाले वडा नम्बर १,४,९ सहितका वडाहरुमा कम्बल वितरण गरेको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button