राष्ट्रपति पौडेलले काठमाडौं, तराई, मधेस द्रुतमार्गको अवलोकन

[mashshare]

हेटौँडा ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ, तराई, मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो ।

उहाँले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको प्रतिनिधिले अहिले सम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।

मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उहाँ निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button