पर्यटक बढाउन गाइडको भूमिका महत्वपूर्णः यादव

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।
प्रदेश सांसद रामाशीष यादवले जनकपुरधाममा पर्यटक बढाउन गाइडको महत्वपूर्ण भूमिका रहने बताएका छन् । पुरनदाहा कल्चरल भिलेजमा आयोजित जनकपुरधाम टुर गाइड एशोसिएशन मधेश प्रदेश कार्यसमितिको शपथ ग्रहण तथा स्वागत कार्यक्रममा यादवले गाइड हसिलो, नरम बोली र अङ्ग्रेजी भाषामा राम्रो कमाण्ड हुँदा पर्यटकलाई राम्रो गाइड हुने बताए ।

उनले गाइडलाई पर्यटनको पूर्ण ज्ञान हुनुपर्ने र मधेश प्रदेश सरकारले पनि पर्यटक प्रवद्र्धन गर्ने नीति बनाएको बताए । कार्यक्रममा साहित्यकार सुदर्शनलाल कर्णले गाइड बन्नु चुनौतीपूर्ण काम भएको बताए । उनले सीताको प्राकट्य हुने ठाउँ बिहारको पुनौरा भए पनि नेपालका गाइडले यसलाई जनकपुरधाम भन्दै भ्रममा पारेको समेत बताए ।

विक्रम साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षक सतिश कुमार मिश्रा, प्रा. रुपेश कुमार सिंह, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बू प्रसाद साह, सोतो नेपाल मधेश प्रदेशका अध्यक्ष वीरेन्द्र साहलगायतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button