बिजुली सर्ट भएर घरमा आगलागी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज महानगरपालिका वडा नम्बर ८ गहवामा पन्नलाल साह तेलीको ५ तले घरमा आगलागी भएको छ ।

साहको घरमा रहेको गोदाममा सोमबार बिहान आगलागी भएको हो । बिजुली सर्ट भएर आगलागी भएको पर्सा प्रहरीले जनाएको छ ।

२ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीमा परेर पल्सर र हिरो कम्पनीका २ मोटरसाइकल जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button