
मधेशदृष्टि
वीरगंज ।
सशस्त्र प्रहरी पर्साले १४ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको समान बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोली र वीरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले विषेश सूचनाको आधारमा १४ लाख ६९ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
उक्त संयुक्त टोलीले विषेश सूचनाको आधारमा शिवम स्टिल प्रालीको गोदाममा अबैध रुपमा भण्डारण गरी राखेको कपडा, ल्यापटप तथा अन्य सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।
भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको कपडा तथा सिर्सिया ईलाकाबाट ना ५३ प ९३६३ नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको कपडा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।






