
मधेशदृष्टि
वीरगंज ।
क्रिकेटर सन्दीप लामिछानेले बलत्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको हो । बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले जिल्ला अदालत काठमाडौको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।
मंगलबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको हो । बुधबार दुबै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले उक्त फैसला सुनाएको हो ।
उच्च अदालतको फैसलासँगै अब लामिछानेलाई विश्वकप खेल्ने बाटो खुलेको छ । बलात्कारसम्बन्धी मुद्दामा लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ ।






