नक्कली नागरिकता लिएकाहरुले मन्दिरमा दिए दुःख

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
महोत्तरीको बलवा नगरपालिकास्थित वाल्मीकि मन्दिरका महन्थ रामशंकर त्यागीले मन्दिरमा केही उच्छृंखल तत्वले अनावश्यक दुःख दिने गरेकाले मन्दिर सञ्चालनमा समेत समस्या भइरहेको बताएका छन् । मासमदिरा सेवन गरी मन्दिर आएर राति अनावश्यक दुःख दिने गरिएको उनको आरोप छ ।

मन्दिरमै पत्रकार सम्मेलन गरेर मन्दिरमा पूजा चलिरहेकै समयमा कोही मन्दिरकै घरमा ढुंगा हान्ने, छानाको टायल्स फुटाइदिने जस्तो उपद्रोमा उत्रिने गरेको त्यागीले बताए । उनले यस विषयमा विभिन्न निकायमा जानकारी गराउदासमेत चासो नदिएको बताए । ‘एकपटक मात्रै भएको भए मानवीय भूल ठान्न सकिन्थ्यो,’ त्यागीले भने, ‘पटकपटक यस किसिमका हर्कत भइरहेका छन् ।’

मन्दिरको सम्पत्ति हत्याउने किसमले आफूहरुलाई दुःख दिएर भगाउन खोजेको त्यागीले आरोप लगाए । त्यागीले केही भारतीय नागरिकविरुद्ध आफूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि उनीहरु आफूलाई नै भगाउने किसिमले उपद्रो गरिरहेको बताए । महन्थ त्यागीले पडौल स्थानमा पसल गर्दै आएका कमलदेव साहका ४ छोराहरुले बेलाबखत व्यक्तिगतरुपमै दुव्र्यवहार गर्ने गरेको आरोप लगाए ।

उनका अनुसार उनीहरुले पडौल बजारमै कैयौँपटक माछा झोल फाल्ने, थुक खकार फालेर उपद्रो गरेको दुखेसो पोखे । दुव्र्यवहार गर्नेहरु सुधिर साह, श्याम साह, सुशील साह र शंकर साहले भारतबाट आएर झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको महन्थ त्यागीले बताए । त्यागीले उनीहरुबिरुद्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीमा फर्जी नागरिकता लिएको भन्दै नागरिकता रद्द गर्न माग गरेका छन । उनले प्रशासन कार्यालयमा दिएको निवेदनमा उनीहरु भारतको बिहार राज्य सीतामढी जिल्लास्थित रुन्नी सैदपुर गाउँको रहेको स्पष्ट गरिएको छ । उनले घटनामा दोषी रहेकालाई कारबाही माग गर्दै मन्दिर संरक्षण र शान्ति सुरक्षा माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button