चोरीको मोटरसाईकलसहित एक जना पक्राउ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
चोरीको तीन वटा मोटरसाईकलसहित रौतहटमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्बर ८ का १९ बर्षीय विकास राय यादवलाई मोटरसाईकलसहित पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । उनको घरबाट प्रहरीले एक थान नेपाली र दुई थान भारतीय नम्बर प्लेटको मोटरसाईकल बरामद गरेको हो ।

यादव माथी चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । जिल्लाको विभिन्न स्थानबाट दैनिक जसो मोटरसाईकल चोरीको घटना भइरहदा प्रहरीले उसको निगरानी शुरु गरेको थियो । गत २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विधिवत रूपमा आरोपी यादवको घरमा खानतलासी गर्दा बा २३ प ६२१ नम्बरको स्प्लेन्डर, विआर ०३० सी ९८११ र विआर ०६ विएक्स १११८ नम्बरको गरी तिनथान मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

आरोपी यादवले बरामद मोटरसाईकलको कागजपत्र उपलब्ध गराउन नसकेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय रौतहटमा मोटरसाईकल चोरीको घटनामा बृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button