सांसद प्रदीप यादवद्वारा वीरगंजमा केएफसीको उद्घाटन

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंजमा सञ्चालनमा आएको मधेश प्रदेशकै पहिलो केएफसीको उद्घाटन गरिएको छ । शुक्रबार जनता समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले रिवन काटेर केएफसीको औपचारिक उद्घाटन गरेका हुन् । गत सोमबारदेखि सञ्चालनमा आएको केएफसीको आज (शुक्रबार) औपचारिक उद्घाटन गरिएको हो ।

केएफसीको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोद ढुंगेल, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, कलाकार सन्दीप क्षेत्रीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

देवयानी इन्टरनेश्नल नेपाल प्रालिले मधेश प्रदेशकै पहिलो केएफसी वीरगंजको आदर्शनगरस्थित स्काइलाइन मलमा सञ्चालनमा ल्याएको हो । उक्त केएफसी नेपालको १८औँ शाखा हो । करिब २१ सय स्क्वायर फीटमा फैलिएको उक्त रेस्टुरेन्टमा एकसाथ ४४ जनासम्म अटाउन सक्ने क्षमता रहेको छ ।

केएफसी र पिज्जा हट खानपिनको क्षेत्रका लोकप्रिय नाम हुन् । नेपालमा यी रेस्टुरेन्ट सञ्चालनका लागि देवयानी इन्टरनेश्नल नेपाल इजाजतपत्र प्राप्त फ्रेंचाइजी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button