सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपाने मधेशदृष्टिसँग कुरा गर्दै नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्ड ५५ वर्षीय परशुराम फुयाँलको हत्या भएको पुष्टी गरे ।

उनका अनुसार सुरक्षा गार्ड फुयाँलको बिहीबार बिहान सुतिरहेकै ठाउँमा हत्या भएको बुझिएको छ । लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको र यसबारेमा थप अनुसन्धान भइरहेको नेउपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button