‘नेपाल भारत सम्बन्धमा खलल पुर्याउनेबाट सचेत रहौँ’

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल भारत सम्बन्ध निकै पुरानो रहेको बताउदै यसमा खलल पुर्याउनेबाट सचेत रहन आग्रह गरेका छन् । उनले सीमा क्षेत्रमा सुरक्षा र राजस्वको नाममा केही वर्ष यता सर्वसाधारणसँग सुरक्षाकर्मीबाटै भइरहेको व्यवहारले दुई देशबीचको सदियौँ पुरानो सम्बन्धमै खलल पुर्याउने कार्य भइरहेको उल्लेख गर्दै सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गरे ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा शनिबार जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारतबीचको सम्बन्ध हिमाल भन्दा उचो र समुद्र भन्दा पनि गहिरो रहेको उल्लेख गरे ।

नेपाल भारतबीचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता जनताबीच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, ‘यसको पुष्टि रामललाको प्राण प्रतिष्ठाका बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ ।’ भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोज कुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिए । कार्यक्रममा संस्कृति एवम् अर्थविद् डा. हरिवंश झाले माता जानकी लिला प्रसंगबारे चर्चा गरेका थिए । महोत्सवमा दुई देशका नारीको साझा पहिरन साडीको प्रदर्शनीका साथै विभिन्न फोटो प्रदर्शनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button