नेशनल मेडिकल कलेजमा छापा, दुई जना नियन्त्रणमा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेशनल मेडिकल कलेज वीरगंजमा प्रहरीले सोमबार छापामारी गरेको छ । औषधी व्यवस्था विभाग, वीरगंज महानगरपालिका र प्रहरीसहितको संयुक्त टोलीले सोमबार कलेजमा छापा मारेको हो । संयुक्त टोलीले मेडिकल कलेजमा छापा मारेर ल्याब र फार्मेसीमा म्याद नाघेको औषधी र केमिकल फेला पारेको छ ।

म्याद नाघेको औषधी र केमिकल बरामद भएपछि कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

मेडिकल कलेजले म्याद नाघेको सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि औषधी व्यवस्था विभाग, वीरगंज महानगरपालिका र प्रहरीको संयुक्त टोलीले सोमबार छापा मारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button