तराईको अर्थव्यवस्था आजको आवश्यकता

[mashshare]
–डा. शंकर लाल चौधरी

तराईको अर्थ व्यवस्थालाई म नजिकबाट अनुभव गरेकोले यसबारेमा केहि भन्नु र विचार दिनु भन्दा पहिला म असाधै भावुक हुन्छु । कारण के छ भने तराईको सामाजिक र आर्थिक व्यवस्था बारेमा म केहि किताबहरू लेखेको छु जो मास्टर डिग्री, एम. ए. (समाजशास्त्र र मानवशास्त्र) मा थेसिस र अनुसन्धानका लागि पी. एच. डी. अध्यनमा अति नै उपयोगी सिद्ध भएको छ । त्यस दैरानमा म समाजका वास्तविक तथ्य र अर्थका सहि चित्र लिएको छु र मलाई गाउँको दृश्य याद हुदा दुःखी र सेन्टीमेन्टल पनि बनाउँछ, हिजोका जमीन्दार आज कमैया बनेका उदाहरण धेरै छन् । तराईका गाउँहरू बढी गरिबहरूबाट बनेको हुन्छ र तथ्य हो तराईका गाउँ धनी भन्दा गरीबहरूको संख्या धेरै छ । डोम दुसाध, हरिजन, मुसहर र खतवे जस्ता जातिहरू छन् । जसका अर्थव्यवस्थाको वर्णन गर्न सारै कठीन र दर्दनाक छन् ।

हिजोको अर्थव्यवस्था, सामाजिक प्रणाली बेग्लै थिए आजको संर्दभमा खास गरेर हामी समावेसी र समानुपातिक अवस्थाका कुरा गर्छौ, तर वास्तविकता बेग्लै छ सिद्धान्तलाई व्यवहारमा ल्याउनु कठिन छ तर अभ्यास गर्न जरूरी छ यसैले मैले यो सानो पंक्तीहरूबाट सानो प्रविधि र अनुभवबाट सानो योजना बनाएर मोडलको रूपमा समाजका साना कृषकहरू तथा नन् कृषक होस् कुनै न कुनै रूपमा सानो जग्गाको टुकडाबाट बढी भन्दा बढी आय आर्जन गर्न टेवा मिलोस् भन्ने उद्देश्यले यो सानो प्रयास गरेको छु ।

कृषिका कार्यक्रम भन्दा पनि वातावरण जस्तै धुवा रहित चुलो, सुलभ शौचालय आदि जनचेतना कार्यक्रम, आयआर्जन र वातावरण कार्यक्रम छोटो टिप्सको रूपमा पनि प्रस्तुत भएका छन् । जोकि गाउँका लागी अनुकरणीय सिद्ध भएको छ । पैसा भन्दा पनि विचार र प्रविधि ठूलो हुन्छ बुद्धको दर्शन जस्तै समानता र भाईचाराको वातावरणमा बसेर कार्यक्रम सजिलै सफल बनाउन सकिन्छ। यो नया“ वर्ष २०८१ सालको उपलक्ष्यमा सम्पूर्ण तराईवासीलाई र देशवासीलाई सबै कार्यक्रम साना देखि ठूलासम्ममा सफलता मिलोस् । मेरा शब्दहरू गीताको शब्दको रूपमा सानादेखी ठूलालाई सहयोग र फाईदा पुगोस भन्ने अभिलाषा छ ।

वास्तवमा तराईको अर्थव्यवस्था जान्नको लागी बुद्धकालसम्म पुग्नु पर्छ । यो पत्ता लगाउनको पछाडी केहि रहस्य तथा तथ्य छन् । भगवान गौतमबुद्ध थारु जातीका थिए र थारुहरुको उत्पति कपिलवस्तुमा नै भएकोले यसको गहिरो सम्बन्ध छ । बुद्धकालमा तराईको अवस्था अति नै समृद्द तथा उन्नतिशील अवस्थामा थिए त्यसबेलाका मानिसहरु सुखी र सम्पन्न थिए । तर समयको प्रवाहमा विकासले धेरै फट्कोमारी सकेको छ । आजभन्दा २६०० बर्ष पहिला तराईको भु अवस्था, आर्थिक, राजनैतिक र सामाजिक व्यवस्था सवै थारुहरुको अन्तर्गत थियो । कारण के छ भने बुद्धका पिताहरु खेतिवारी नै गर्थे उनी ठूलो भूमिपति थिए। तराईको अर्थतन्त्र र अर्थ व्यवस्था थारुहरुको अन्तर्गत थियो कारण के छ भने त्यसबेला मलेरिया जसलाई ‘औलो’ भनिन्छ तराईमा आक्रान्त भएकोले अरु जातिको उत्तरबाट पहाडे र दक्षिणबाट मधेशीहरुको आवागमन न्यून थियो । त्यसले गर्दा तराईको खेतिपाती देखि लिएर भूव्यस्था, अडडा अदालत, वस्ती वसोवास आर्थिक, प्रशासनिक हरेक निकायको वागडोर थारु जातिमा नै सिमित थिए । बाहिरवाट कोहि आउन चाहे पनि वढीमा २÷३ हप्ता भन्दा बढी बस्न पाउँदैन्थे किनकि औलोको ठूलो प्रकोप थियो । यो मलेरिया रोगमा थारु जाति विख्यात छ ।

मलेरिया रोगस“ग लड्न सक्ने क्षमता थारु जातिमा प्रवल रहेको कुरा एक पश्चिमी बिद्धान विलियम क्रुकसले आफ्ना पुस्तकमा पनि लेखेका छन् । डा. ब्राण्ड हौगसन नामका ब्रिटिस नागरिकले, मेचे, धिमाल, कोचे आदिबारे अनुसंधान गरेका थिए यी जातीहरु मलेरियाबाट उन्मुक्त छन् । अर्थात उनीहरु इम्यून छन् । ईम्यूनिटि बढ्नमा कम्तिमा थारु जातिलाई तीन हजार बर्ष लागेको छ भन्ने कुरा निजले उल्लेख गरेको छ । यो वैज्ञानिक आधारले पनि थारु जातिलाई तीन हजार वर्ष अगाडि पुयाउछ यो तीन हजार वर्ष गौतम बुद्ध भन्दा पनि अगाडिको समयमा थारुजातिलाई लै जान्छ । थारुहरुले खेती गरेको अर्थ व्यवस्था एकदमै सन्तुलित थियो । यो ज्ञान आर्जन गर्न १०० देखि २०० वर्षको अनुभवले भएन १०००–२००० वर्ष भन्दा पहिलाको अनुभवबाट दक्ष थिए । सारा बस्तीमा (झापा देखि कञ्चनपुर) अन्नको भन्डार थिए । तेलहन, दलहन जुट, उँखु, कपास आदि नगदेबाली देखि लिएर पशुपालनको उचित व्यवस्था गरेर दुध दही प्रोटिनयुक्त खाद्य पदार्थ प्रयाप्त थियो । त्यो बेला आधुनिक टेक्निकका अभाव थियो तर खाद्य पदार्थ प्रशस्त थियो । आज वैज्ञानिक प्रविधि छन् तर खाद्यान्य देखि लिएर अन्य खाद्य सामाग्रीको अभाव छ ।

त्यो बेला रोजगारी उद्योग थिएन । सरकारको बजेट न्यून थियो । आज जनसख्याको अनुपातमा रोजगारीको अवसर बढी छ सरकारी बजेट बढी छ । उद्योगको स्थापना भईसकेको पनि छ र सम्भावना पनि बढी छ तर समस्या अझै जटिल छ । रोजगारीको माहामारी तराईमा व्याप्त छ मध्यम देखि निम्नस्तरका बेरोजगारी बढी छन् । तराईमा वेरोजगारी (हिमालिनी वर्ष १२ अंक ११, कार्तिक मंसिर २०६६) बढी छ। आम्दानीका मुख्य श्रोत कृषि थियो । तर अहिले रेमिटेन्स लिएको छ । ६७ % जनसंख्या कृषि रोजगारमा आश्रित छन् र ११% कृषि श्रमिक गरीवि रेखामुनी छन् । कुल मिलाएर ७८% गरीब कृषि क्षेत्रमा आधारित छन् । २२% जनसंख्या निस्क्रिय जनशक्तिको रुपमा छन् ।

प्रतिस्पर्धा जनस्तरमा बढी देखिएको छ वसोवासको वातावरण असंतुलित भएकोले आपसमा सामाजिक होड र असन्तुष्टी वढी देखिन्छ र फलस्वरुप विभिन्न आतंकित समूहको जन्म पनि भएको देखिन्छ तर त्यो सामाजिक मात्र हैन । राजनीतिक स्वार्थले पनि प्रेरित छन् । रोजगारीले होइन क्षणिक सत्ता स्वार्थको लालसाले पनि हो, सामाजिक सद्भाव र सही वातावरण बनाउने उपयुक्त मानिसको अभाव छ । मानिसमा स्वार्थीपनका जड गाडेको आभास देखिन्छ। शिक्षाको अभाव छ चेतनाका कमी र सामाजिक नेतृत्वको अभावले गर्दा आज तराई, समाज आफू आफू मा अथवा एक अर्का समुहसँग हिजोका शान्तिको वातावरण बिर्सेर सानो स्वार्थको लागी लटु भैरहेछ । समाजमा असन्तुलन गराउने तत्वको कमी पनि छैन । प्रशस्त छन् ।

समस्याको कारण
गलत बसोवासको प्रभाव :
जग्गाको उत्पादकत्वको अवस्थालाई विचार नगरी पुनर्वासयोजना, अनियन्त्रित रुपमा बसोवास गराएको आज देशको ५०% जनसंख्या तराई समतल फा“टमा सिमित छन् जनधनत्व बढी छ । जनसख्याको भारले धान्न सकिदैन ।
– बंगलादेश नेपालको जनसंख्या भन्दा छ गुणा जनसंख्या बढी छन् तर संतुलित बसोवास छ । बसोवासका पुर्वाधार र रोजगारका अवसर जस्तै ग्रामीण बैंक (प्रो. मुहम्मद युनुस) को नेटवर्क अतिनै बलियो छ । केही डलरबाट शुरु गरेको रकम आज खरब पुगेको छ । रोजगारीको अवसर त कति छ कति छ । आज अध्ययन गर्न जरुरी छ । लेखक स्वंम टोली नेताको रुपमा अध्ययन गरिसकेको छ ।
– चुरे सम्मका जंगल अनियन्त्रित रुपमा बिनास र बसोवासका तिव्रता ।
– नदी कटान र नदी नियंत्रणमा व्यवस्थापनाको फितलो प्रभाव
– सिंचाईको ठा“उ अनुसार प्रयोगको अभाव लघु सिंचाईमा ग्राह्यताको अभाव, वातावरण प्रदुषण हुने क्रियाकलाप ।
– सिंचाईको लागी मह“गो उपकरण
– कृषिमा आधारित उद्योगको अति अभाव जस्तैः
(क) तेलहन, (ख) दलहन, (ग) उखु, (घ) कपास आदी
ड्ड सबै भन्दा संवेदनशील पक्ष कृषिमा आधारित अथवा कृषिको मेरुदण्डको रुपमा बसोबास गर्ने जाति जस्तै थारु, राजवंशी कोचे, अन्य जाति दनुवार आदि अन्य आदिवासी जन जाति तथा अन्य जाति समूहहरुको उपेक्षित गर्नु उनीहरुको कृषिको खम्बाको रुपमा, बुलडोजरको रुपमा खेती गर्ने समूह÷जातिको विनास ।
– उनीहरुको पेशा जोकि क्षेत्रको मात्र होइन राष्ट्रको अर्थतन्त्रको ढुकुटी भर्नेको कदरको अभाव र उचित पहिचानको अभावले गर्दा आज तराईका हरिया खेतीहरुको फाँटमा मरुभूमिकरणको क्रम बढदो छ । ८०% जंगल आज १५% जंगलमा झरेको जग जाहिर छ क्रम जारी छ । समयमा सोचहुनु आवश्यक छ ।

समस्याको समाधान :
तराईको कृषिको समस्या हल गर्न सकेको खण्डमा नेपालको अर्थतन्त्रको ८०% समस्या त्यसै हल हुन्छ । तराईको समस्या त हल हुन्छ हुन्छ राष्ट्रको आर्थिक समस्या समेत हल हुन्छ । खेतीयोग्य भूमिमा बस्ती बसाल्ने क्रम बढ्दो छ । फलस्वरुप उत्पादकत्व घट्दो छ र अन्तमा खाद्यन्नको अभाव अपरिहार्य हुने हुन्छ र यो क्रम जटिल छ । कृषिको समस्या र आय आर्जन गर्न क्षेत्रीय, अंचल, जिल्ला र गा. वि. स. लेभेल सम्म पनि विचार गर्ने मोडेल हुन्छ । अर्थव्यवस्था सुधारको लागि केन्द्र सरकार र प्रदेश सरकार दुबै संलग्न हुनु अपरिहार्य छन् र खास गरी अर्थतन्त्र कृषि नै मेरुदण्ड भएकोले यसमा साझा सोच जरुरी छन् ।

क) क्षेत्रिय स्तरमा :
१) कपास उद्योग, २) तेल वाली उद्योग, ३) जुट उद्योग, ४) दालबाली उद्योग,
५) उखु कारखाना, ६) चामल मिल, ७) कृषि वन प्रणालीमा आधारित उद्योगको आवश्यक्ता, ८) कृषि बन प्रणाली खती, कृषि बन नर्सरी उद्योग आदी

ख) जिल्लास्तरमा :
१) साना गुंड बनाउने जस्ता खन्सारी उद्योग
२) सानो चामल, आँटा तेल, च्यूरा मिल
३) दुध संकलन केन्द्र उद्योग
४) मसाला उद्योग, अन्य खाद पदार्थ जस्तै दुधजन्य पदार्थ
५) कृषिमा आधारित दाना उद्योग, पशुपंक्षी आदी

ग) पालिका स्तरमा :
नगदेवाली जस्तै ५–७ कठ्ठा जग्गावालालाई
(क) आलु खेती २) टमाटर उत्पादन, ३) बैगन (भ्यान्टा) ४) परवल ५) रामतोरई, खुर्सानी आदिवाट १.५–२ लाखसम्म आम्दानी गर्न सकिन्छ । ५–१० कठ्ठा जग्गाबाट ३–४ लाख प्रतिवर्ष गर्न सकिन्छ ।

घ) नया“ प्रविधिको प्रयोग अति आवश्यक :
सरदर रुपमा एक कठ्ठा जग्गाबाट २५÷३० हजार रुपैया एक सिजनमा आम्दानी यी नगदेबालीबाट हुन्छ । अतः यो व्यवहारिक फर्मुला÷मोडेल हो । यो आम्दानी दुई विघा धान खेतबाट हुन सक्दैन अतः यो मिनी मोडल साना किसान आत्म निर्भरताको लागि बनाईएको छ र उपयोगी छ धेरै ठाउ“मा लागु पनि छ। निरन्तरता र दिगोपन सोच जरुरी छ ।

फलफूलको मोडेल जस्तै आँप, केरा, भुइकटहर र मेवामा आदि छ । सानो किसानको लागि तरकारी खेती गरे ५÷७ जना सदस्य परिवारको लागि अति उपयोगी हुन्छ । यसैलाई ठूलो स्केलमा दाँज्न सकिन्छ । चौमासे तरकारी खेती आय श्रोतका दिगो माध्यम हो । ‘सिंचाई पनि सानो, थोपा सिचाई, टैडल पम्प (ढिकी पम्प) देखि सैलो ट्यूबेल, आर्टिजन तलाव, पोखरी खनेर पनि बहुउपयोगी योजना जस्तै माछा, कुखुरा, हाँस, बंगुर, बाख्रा आदि लिन सकिन्छ । अन्तमा सरकारको ध्यान त अवश्य जानु नै पर्छ र सरकारको ध्यान गएको पनि छ तर कार्यान्वयन पक्ष अति कमजोर छ । त्यसैले प्रभाव न्यून देखिन्छ । त्यसैले व्यक्तिगतदेखि लिएर सामूहिक रुपमा भएर पनि कृषि अर्थतन्त्र दिगो पार्न अति आवश्यक छ । अर्थतन्त्र बलियो बनाउन व्यक्ति पनि योग्य र सक्षम हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button