
मधेशदृष्टि
काठमाडौँ ।
काठमाडौं स्थित एक समारोहका बिच मधेशदृष्टिकर्मी सञ्जय मिश्रा सम्मानित भएका छन् । रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६औं बार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिश्रालाई माला लगाएर कदरपत्रबाट सम्मानित गरेका हुन् । रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाउँदै आएको भन्दै पत्रकार मिश्रालाई सम्मान गरेको हो ।
पत्रकार मिश्रा पछिल्लो दुई दशक भन्दा बढी समयदेखि रौतहटमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । हाल मधेशदृष्टि, न्युज कारखाना, रातोपाटीसंग आबद्ध मिश्रा कटहरिया एफएमका स्टेसन म्यानेजर समेत रहेका छन् । कार्यक्रममा नेता नेपालले पत्रकार मिश्रासंगै पत्रकार रमेश तिमल्सेना र कृष्ण तिवारीलाई समेत कदरपत्रबाट सम्मान प्रदान गरेका थिए ।






