वीरगंजमा पनि पठाओ सेवा विस्तार हुने

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले वीरगंजसहित थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ । मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै मधेश प्रदेशको वीरगंज र जनकपुरसहित थप १७ सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब मधेश प्रदेशको वीरगंज र जनकपुरमा कोशी प्रदेशका विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुने बस्न्यातले बताए । त्यसैगरी, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगन्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमापनि पठाओको सेवा विस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ । बस्न्यातका अनुसार सेवा विस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button