राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिइन् राजीनामा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई अर्यालले राजीनामा पत्र बुझाएकी हुन् । उनी २०७९ माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोधि निर्वाचित भएकी थिइन् ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रबाट नारायण दाहाल निर्वाचित भए भइसकेका छन् । गठबन्धनमा आबद्ध दलको सहमति अनुसारराष्ट्रियसभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button