तीन नक्कली डाक्टर पक्राउ

[mashshare]

संजय मिश्रा
रौतहट ।
सदरमुकाम गौरस्थित निजी अस्पतालबाट तीन नक्कली डाक्टर समातिएका छन् । यमुनामाई गाउपालिका–१ सुकदेव चोकस्थित सगरमाथा तराई हस्पिटलमा कार्यरत तीन नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।भारत, बिहार, पूर्वी चम्पारण थाना ढाका वडा नम्बर १४ खैरवाका ४५ को हसिन अख्तर, सिकारगंज वडा नम्बर ३ वटोआका २७ वर्षीय मो. तबरेज आलम र यमुनामाई–२ भेडियाहीटोलका २७ को कलाम मन्सुरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नभएका व्यक्तिलाई राखी बिरामीको एपेन्डिस, पायल्स, युटेरसलगायतका अपरेसन हुँदै आएको सूचनाका आधारमा तीन नक्कली डाक्टर पक्राउ परेको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरू जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीको अस्पताल अनुगमनक्रममा पक्राउ परेको एसपी श्रेष्ठले बताए । उनीहरूसँग बिरामीको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा निर्धारित शैक्षिक योग्यताको प्रमाण पत्र नभएका कारण पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा मुद्दा दर्तासमेत भएको एसपी श्रेष्ठले जानकारी दिए । अस्पताल सञ्चालनमा संलग्न अन्यको खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button