नरेशको हत्या आशंकासहित परिवारको उजुरी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलटोलका २८ वर्षीय नरेश रामको रहस्यमय तरिकाले मृत्यु भएको छ । माघ १२ गते राति ८ बजे बहुदरमाई नगरपािलका वडा नम्बर ७ फुलकौलटोलस्थित सार्वजनिक पोखरीमा डुबेको अवस्थामा रामको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । पोखरीमा डुबेका व्यक्तिको घटनास्थल नजिकै मोटर साइकल भेटिनु र चाँबी मृतकको साथमा रहनुले घटना रहस्यमय बनेको स्थानीयको भनाइ छ । रामको हत्या हो या अन्य कुनै भवितव्य घटनाका कारण भएको हो, सोको अनुसन्धान भइरहेको र मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको तथा भिसेरा परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
मृतकको शरीरको बाहिरी भागमा कुनै चोटपटक र दाग नभेटिएको र शवसमेत आफन्तले पोष्टमार्टमपछि बुझेर अन्तिम संस्कार गरिसकेको अवस्थामा फेरि जिल्ला प्रहरी कार्यालय पर्सामा नरेश रामको हत्या हो या अन्य कारणले मृत्यु भएको हो, अनुसन्धान गरी पाउँ भनेर पीडित परिवारले मुद्दा दर्ता गराएको थापाले बताए । यता स्थानीयले भने मृतकको हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन माग गरेका छन् । पोखरिया प्रहरीले घटनामा चासो नदिएको भन्दै पीडित जिल्ला प्रहरी पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button