क्रिकेटमा छनोट खेलाडीलाई जलेश्वरको सम्मान

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।

राष्ट्रिय महिला क्रिकेट खेलाडीलाई जलेश्वर नगरपालिकाले सम्मानत गरेको छ । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीबाट पूजा महतोलाई कप्तान छनौट गरेपछि सम्पूर्ण टिमलाई बधाईका ओइरो लागेको छ ।

जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले युवा क्रिकेट खेलाडीलाई जागरुक गर्ने उद्देश्यले राष्ट्रिय महिला क्रिकेट खेलाडी सम्पूर्ण टिमलाई सम्मान गरेका छन् । उनले आगामी दिनमा सफलताको उचाई चुम्न शुभकामना समेत दिएका थिए । जलेश्वर नगरपालिकाले पनि युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको आगामी आर्थिक वर्षदेखि खेलकुद र खेलाडीका लागि छुट्टै बजेट विनियोजन गरेर अगाडि बढ्ने साहले बताए ।

यस्तै, जलेश्वर नगरपालिका उद्योग वाणिज्य संघले महिला क्रिकेट टिमलाई महिलाको नेतृत्व गर्दै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेको छ । यस्तै , महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा क्रिकेट खेल्ने खेलमैदान र क्रिकेट एकेडेमी सञ्चालन गर्न सहयोग गरिदिनु हुन जिल्ला क्रिकेट संघका अध्यक्ष र क्रिकेटर पूजा महतोले आग्रह गरिन् ।

उनले छोटो समयमै नेपाली महिला क्रिकेट टिममा अलराउन्डरका रुपमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ९ डुवरबन्ना घर भएकी क्रिकेटर पूजा राष्ट्रिय टिममा यसैबर्ष डेब्यू गरेकी हुन् ।

पूजाको कप्तानीमा महोत्तरी टिम गठन
प्रधानमन्त्री कप महिला टी २० का लागि महोत्तरीमा पूजा महतोको नेतृत्वमा टोली घोषणा गरिएको छ । आगामी पुस १ गतेदेखि हुने खेलका लागि महोत्तरीबाट उनको नेतृत्वमा टोली घोषणा गरिएको हो । टोलीमा पूजा कप्तान छन् भने उपकप्तानमा रोजी कदारी, सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button