
मधेशदृष्टि
महोत्तरी ।
नेकपा एमाले मधेश प्रदेश कमिटीद्वारा बर्दिबासमा अगुवा सहकारीकर्मीको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
पूर्व गृहमन्त्री तथा स्वास्थ्यमन्त्री, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यता तथा नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मन्डलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य सरोज यादव र शारदा थापा, नेफस्कुन अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी महासंघ सदस्य टेक प्रसाद चौलागाईं, नेकपा एमाले महोत्तरी अध्यक्ष कालिचरण साह र धनुषा अध्यक्ष राजकिशोर यादव, सहकारी तथा गरिबी निवारण विभाग सदस्य, नेकपा एमाले प्रदेश सदस्य तथा नेपाल बुद्धिजीवी परिषद प्रदेश अध्यक्ष शम्भु प्रसाद गुप्तालगायतको उपस्थिति थियो ।






