
मधेशदृष्टि
वीरगंज ।
वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलले चारतारे होटलको सुविधासरहको सेवा विस्तार गरेको छ । मधेश प्रदेशमै मुटुको एन्जिओग्राफी र एन्जियोप्लास्टी सेवा दिँदै आएकोे वीरगंज हेल्थकेयर हस्पिटलले शुक्रबारदेखि १० वटा डिलक्स केबिन सञ्चालनमा ल्याएको हो ।
हस्पिटलको भवनको दोश्रो र तेश्रो तलाको ब्लकमा लिफ्ट सुविधासहितको डिलक्स केबिन सञ्चालनमा ल्याइएकामा भेन्टिलेटरसहितको आइसियु, सेन्ट्रल अक्सिजन, बिरामीका कुरुवाका लागि छुट्टै बिस्तरा, कुरुवाकै लागि इन्टरनेट, वाइफाइ, टेलिभिजन, खानाका लागि ओभनलगायतका उपकरण र सेवा उपलब्ध गराइएको अध्यक्ष डा. अबुल हैस अन्सारीले बताए ।
उनले मधेश प्रदेशमै सुविधासम्पन्न उपचार सेवा दिने एकमात्र वीरगंज हेल्थकेयर हस्पिटल भएकाले कुनै पनि बिरामी सुविधासम्पन्न उपचारका लागि अब काठमाडौँ वा भारतका शहर पुग्न नपर्ने बताए । २०६७ देखि सेवा सुरु गरेको वीरगंज हेल्थकेयर हस्पिटलमा सरकारको स्वास्थ्य बीमा र आमा सुरक्षा कार्यक्रम सेवा उपलब्ध छ ।






