गौर कारागारबाट १० कैदीबन्दी रिहा

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

रौतहटको सदरमुकाम गौर कारागारबाट संविधान दिवसको अवसरमा १० कैदी बन्दी रिहा भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर एन २०७४ अनुसार बाँकी कैद माफी मिनाहा भएपछि १० जना कैदी रिहा भएको सिडिओ धर्मेन्द्र कुमार मिश्रले बताए । ५० प्रतिशत कैद भुक्तान गरी ८ जना कैदी रिहा भएका छन् भने दुईजना ४० प्रतिशत कैद भुक्तान गरी रिहा भएका छन्।

रिहा हुनेमा रौतहट वृन्दावन–४ का सवारी ज्यान मुद्दाका दिपेश प्रसाद, मौलापुर–७ का सवारी ज्यान मुद्दाका लालमोहन शर्मा, कर्तब्य ज्यान मुद्दाका चन्द्रपुर–३ का राजनकुमार, चोरी मुद्दाका चन्द्रपुर–४ का दिपेश भन्ने खर्क बहादुर पीठकोटी, बहुविवाह मुद्दाका चन्द्रपुर–६ का जीतबहादुर भुलन, कबिता भनिने पूर्णकुमारी फुयाँल रहेको गौर कारागार प्रमुख जेलर मणिभुषण साहले बताए ।
त्यसैगरी सवारी ज्यान मुद्दाका गौर–१ का ओमप्रकार महतो भनिने सोनु कुमार महतो, डाँका मुद्दाका गौर–९ का प्रेमाशंकर यादव, कुटपिट अङ्गभङ्ग मुद्दाका सर्लाही, बलरा–३ का प्रदीप मिश्रा, र कर्तब्य ज्यान मुद्दाका महोत्तरी–५ की सुमित्रा देवी रिहा भएको जेलर साहले बताए । प्रदीप मिश्रा र सुमित्रा देवीले ४० प्रतिशत कैद भुक्तान गरेको जेलर साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button