
सञ्जय मिश्रा
रौतहट ।
प्रभु साह नेतृत्वको आमजनता पार्टीनिकट आइटी आर्मी रौतहटको जिल्ला अध्यक्षमा जयलाल मेहता निर्वाचित भएका छन् ।
आइतबार कटहरिया बजारस्थित विवाह भवनमा सम्पन्न दोस्रो जिल्ला भेलाले सर्वसम्मतिमा मेहताको अध्यक्षतामा १ सय ५ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा रबिन्द्र यादव, धर्मेन्द्र साह कानु र जयनाराण कुशवाहा सहित तीनजनालाई चयन गरिएको छ । त्यसैगरी, सचिवमा अशोक कुमार पटेल, सहसचिवमा नवीन चौधरी, उपेन्द्र जायसवाल, कोषाध्यक्षमा रेबिका नेपाली र सदस्यहरुमा अमिन्द्र यादव, लालबाबु यादव, लक्ष्मन यादव चयन भएको सहभागी आइटी आर्मीका प्रदेश अध्यक्ष नरेश साहले बताए ।
आमजनता पार्टीका केन्द्रीय महासचिव उपेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न आर्मीको दोस्रो जिल्ला भेलामा पार्टी उपमहासचिव कुन्दन कुशवाहा, केन्द्रीय सचिव पूर्व सांसद समिना हुसैन, स्थायी समिति सदस्य सियाराम कुशवाहा, जिल्ला इन्चार्ज त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, नेता अन्जित कुशवाहालगायतका नेताहरुले देशमा बढ्दो भ्रष्टाचारको अन्त र बेथिति निर्मूल पार्न पार्टीको भ्रात्री संगठनको रुपमा आइटी आर्मीको जन्म भएको बताएका थिए ।
वर्तमान संविधानको कमीकमजोरीकै कारण देश चरम आर्थिक अभावमा गुज्रिरहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए । संविधानको कमजोरीका गलत फाईदा उठाएर अहिले देशमा ठूला दलका सबै नेताहरु छोटे राजाको रूपमा जनताको शोषण गरिरहेको कार्यक्रमका वक्ताहरुको दाबी रहेको थियो । कार्क्रममा रामाज्ञा यादव, बचालाल यादव, ठागा दास, सञ्जय महतो, दुखा रौनियारलगायत रौतहटका दर्जनौँ नेता कार्यकर्ताको सहभागिता थियाे ।






