श्रद्धासुमन राजेश्वर नेपालीमा

[mashshare]

हठात् खबर आयो राजेश्वर नेपाली (विसं. २००२) को निधन भयो । उहाँमा भावपूर्ण श्रद्धाञ्जली दिन सुरु भइसकेको थियो । गुगलमा राजेश्वर नेपाली टाइप गरेर खोज्दा माथि नै भेटिन्छ विकिपेडिया । विकिपेडियाले समेत नेपालीबारे लेखेको छः नेपाली पत्रकार तथा साहित्यकार । उहाँको खास नाम राजेश्वर साह हो । लामो समयदेदेखि जनकपुरमा रहेर पत्रकारितामा क्रियाशील राष्ट्रिय धरोहर र हस्ताक्षर हुनुहुन्छ नेपाली । २००२ साल भदौ १९ गते साविकको धनुषाको बिन्धी गाविस, बेलाग्राममा उहाँको जन्म भएको हो । पिता रामदुलार साह र माता इन्द्रमणिदेवी साहका सन्तान हुनुहुन्छ । तीन दाजुभाइ र तीन दिदीबहिनीको परिवार थियो । राजेश्वर माहिला छोरा हुनुहुन्छ । अक्षर त घरमै सिक्नु भयो । त्यसपछि जनकपुर वडा नम्बर ७ मा रहेको रामजानकी मन्दिरमा पढ्न जानु भयो । त्यहाँ एक वर्ष पढ्नु भयो । बसहिया गाउँमा खुलेको गोगलप्रसाद मिडिल स्कुल जानु भयो । मिडिल स्कुल तीन किलोमिटर टाढा थियो । मिडिल स्कुलमा म ‘बालवर्ग’मा भर्ना भएर पढ्न थाल्नु भयो । त्यही स्कुलमा कक्षा ७ सम्म पढ्नु भयो । मिडिल स्कुलपछि कक्षा ८ देखि उनले जनकपुरको सरस्वती स्कुल पढ्न आउनु भयो । विसं. २०२२ सालमा वीरगंज गएर दिनु भएको एसएलसीमा सेकेन्ड डिभिजनमा पास हुनु भयो ।

मिडिल स्कुलसम्म आफ्नो थर ’साह’ लेख्नु हुन्थ्यो । पुस्तकालयमा विनोबा भावेको ‘जय जगत’ शीर्षकको किताब थियो । त्यो पढ्नु भयो । त्यसमा जातपात छुट्याउने कामको विरोध गरिएको छ । त्यसबाट प्रभावित भएर थरमा ’नेपाली’ लेख्न थाल्न थाल्नु भएको हो । नागरिकता, जग्गाजमीनको कागजात, सबै तहका प्रमाणपत्रमा नाम ‘राजेश्वर नेपाली’ नै छ । साहले त्रिभुवन विश्वविद्यालयबाट एमएसम्म पढ्नु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता हुनु भयो । बहुदल र स्वतन्त्र पत्रकारिताकै लागि ३७ पटक जेल जानु भएको छ । एसएलसी दिनुअघि विसं. २०१८ सालमै पत्रकारिता गर्न थाल्नु भयो । विसं. २०१८ सालबाट नेपाल सन्देश पत्रिकाबाट पत्रकारिता सुरु गर्नु भएको हो । पछि उहाँले राष्ट्रपुकार, विश्वद्वीप, नेपाल टाइम्स, नेपालवाणीलगायतका पत्रपत्रिकामा काम गर्नु भयो । नेपाली टाइम्समा काम गर्दा जनकपुरबाट राजधानी समाचार पठाउँदा जग्गा नै बेच्नु भयो ।

उहाँका पुकार (कविता, २०२५), गरिबको व्यथा (नेपाली खण्डकाव्य, २०६८), निसहाय मानव (नेपाली खण्डकाव्य, २०६८), लोकतन्त्रको लालिमा (नेपाली कवितासङ्ग्रह, २०६९), विचार क्रान्ति (नेपाली कवितासङ्ग्रह, २०६९), नव नेपाल (हिन्दी कवितासङ्ग्रह, २०६९), सोहागिन (मैथिली कवितासङ्ग्रह, २०६९), क्रान्तिकारी सरयुग चौधरीको जीवनी (जीवनी, २०६९) प्रकाशित छन् । यस्तै, २०६८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनु भएको थियो । पत्रकार महासंघका तर्फबाट प्रेस स्वतन्त्रता सेनानी सम्मानसहित आधा दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाउनु भएको छ । जनकपुरबाट नेपाली पत्रकारिता र स्वतन्त्रता संग्राममा अग्रपंक्तिमा अमिट रहिरहने नाम हो राजेश्वर नेपाली । पछिल्लो समय उहाँ मधेशदृष्टि दैनिकमा पनि स्तम्भ लेखेर आफ्नो सक्रियता काय राखिरहनु भएको थियो । उहाँको दैनिक पत्रिका पनि सञ्चालनमा छ । उनै एक धरोधर भदौ ११ गते अस्ताउनु भएको छ । नेपालीमा भावपूर्ण श्रद्धासुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button