
खाडीका सबै देशहरुमा बलात्कार एकदमै जघन्य अपराध मानिन्छ । साउदीमा त बलात्कारीलाई फाँसी नै दिइन्छ, केही समय अगाडी रोजगारीका लागि साउदी अरब गएका एकजना नेपालीले उँटलाई बलात्कार गरेको प्रमाणित भएसँगै फाँसीको सजाय सुनाएको थियो । नाबालिग कति वर्षको उमेर समूहलाई मान्ने, त्यो चैँ विभिन्न देशको फरक हुन्छ ।
–ऋतु लामा
सन् २०१२ डिसेम्बर १६ मा छिमेकी राष्ट्र भारतमा भएको एउटा बलात्कार घटना निकै चर्चा भएको थियो । जुन थियो निर्भया बलात्कार घटना । पीडितको नाम ज्योति सिंह (२३वर्ष) थियो । उनलाई बसभित्र निर्मम तरिकाले सामुहिक बलात्कार गरेर सडकमा कपडाविहीनन बनाएर फालिदिएको थियो । यो घटनाको समाचार सुन्दा मेरो आँसु रोकिएको थिएन । मलाई व्यतिगतरुपमा विक्षिप्त बनाएको थियो । केही समयपछि २९ डिसेम्बरमा उपचारक्रममा सिंगापुरमा उनको निधन भयो । अपराधीमा एकजना नाबालिग पनि थियो जो ३ महिनापछि १८ वर्ष पुग्नेवाला थियो र यो केसको ट्रायल हुनेबेला बालिग भयो तर उसलाई ३ वर्ष मात्रै कैद गरेर छोडिएको थियो । यहाँ सरसर्ति हेर्दा कानुन सही छ तर के पीडितले न्याय पायो त ? अहँ पाएन । ट्रायलको भइरहदाँ ती बलात्कारीका वकिलहरुले छोरी मान्छे भएर बाहिर जानु नै गलत हो, ज्योति सि+हको गल्ती छ भनेका रहेछन् । हो त नि छोरी भएर जन्मिनु नै त अपराध झैँ भएको छ ।
इन्डियन पेनल कोड ३७० ले कुनै पनि महिलाको कन्सेन्ट भएर पनि कुनै पुरुषले आफ्नो पद, पावर र पैसाको आडमा महिलालाई सम्बन्ध राख्न दबाब गरेको छ भने त्यो रेप नै हो भनेर भनेको छ । र, नाबालिगको हकमा भन्ने हो भने जुनसुकै देशमा पनि विथ कन्सेन्ट भन्ने सवाल नै उठ्दैन ।
नाबालिगसँगको सम्बन्धलाई अपराध मानिन्छ साथै रेपकै केस लाग्ने व्यवस्था छ । खाडीका सबै देशहरुमा बलात्कार एकदमै जघन्य अपराध मानिन्छ । साउदीमा त बलात्कारीलाई फाँसी नै दिइन्छ, केही समय अगाडी रोजगारीका लागि साउदी अरब गएका एकजना नेपालीले उँटलाई बलात्कार गरेको प्रमाणित भएसँगै फाँसीको सजाय सुनाएको थियो । नाबालिग कति वर्षको उमेर समूहलाई मान्ने, त्यो चैँ विभिन्न देशको फरक हुन्छ । नेपालमा १८ वर्षमुनिकालाई नाबालिग मानिन्छ ।
आजभोलि सामाजिक सञ्जालमा पनि गायिका समीक्षा अधिकारी पपुलर नाउको सर्चको टपमा देखा पर्छिन् । तर उनका लागि आजभोलि निकै सकरात्मक पोस्ट, टिकटक भिडियो र कमेन्टहरु देखिन्छ । हिजो हल्का सन्चो नभएर रुममा एक्लै रहँदा टिकटकहरु हेर्दै गर्दा उनका लागि बनाइएको धेरै भिडियो मेरो फ्यान पेजमा आयो । प्रायः सबैले समर्थन गरेको देख्दा खुशी पनि लाग्यो । केही दिन अगाडि उनको अन्तरवार्ता पनि हेरेको थिएँ । यस विषयमा जोडिएर पल शाहका म्यानेजर कृष्ण र कलाकार जयकिशन बस्नेतलाई धेरैले गालीगलौजसँगै नकारात्मक आलोचना गरेको पाएँ । जयकिशन बस्नेतलाई त उनको छोरी, भतिज, भतिजी र बुहारीलाई समेत मेन्सन गरीगरी सम्झाउ भन्ने अपिल गरेका रहेछन् ।
म विशेषगरी उहाँहरु (शोभित बस्नेत, सलोन, जयकिशन) को सम्मान गर्छु किनभने उहाँहरुले आफ्नो चलचित्र, गीतसंगीतमा हाम्रो ठाँउ (थाहानगर) लाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । यसका लागि सम्पूर्ण थाहाबासी ऋणी नै छौँ । तर जयकिशन बस्नेतले यो विवादित विषयमा बोलेको कुनै कुरा सम्मानयोग्य छैन । एकदमै निन्दनीय छ । केही समयअगाडि अस्पतालमा आफ्नी छोरीलाई दुर्व्यवहार भएको घटनाप्रति गरेका प्रतिकार एकदमै सराहनीय थियो । जुन एक असल सचेत नागरिक र असल पिताको गुण झैँ लाग्यो । ती नाबालिग किशोरीले पनि त आफू र आफ्नो अस्मितालाई बजारको सामानजस्तो लिलाम नहोस् भनेर प्रतिकार गर्दै अगाडि बढ्ने कोशिष गरेकी हुन् नि हैन ? हुन त एकतर्फी कुरा सुनेर एक पक्षलाई राक्षस झैँ जज गर्ने त आम नेपाली मान्छेको बानी नै भइसक्यो । यहाँ ती नाबालिग शतप्रतिशत सही भन्न खोजिएको होइन । छोरी मान्छे भएकै कारण उनले आफ्नो कुरा राख्न नपाउने हो ? आफूमाथि भएको अन्यायलाई बाहिर ल्याउन नपाउने हो त ? ती नायक गुड लुकिङ एण्ड फेमस छ भन्दैमा अनुसन्धान, सत्यतथ्य छानबिन गर्न नपाउने हो र ? सत्य के हो उनीहरुलाई थाहा छ । सम्मानित अदालतले पनि फैसला सुनाइसक्यो ।
एकतर्फी कुरा सुनेर एक पक्षलाई राक्षस झैँ जज गर्ने त आम नेपाली मान्छेको बानी नै भइसक्यो । यहाँ ती नाबालिग शतप्रतिशत सही भन्न खोजिएको होइन । छोरी मान्छे भएकै कारण उनले आफ्नो कुरा राख्न नपाउने हो ? आफूमाथि भएको अन्यायलाई बाहिर ल्याउन नपाउने हो त ? ती नायक गुड लुकिङ एण्ड फेमस छ भन्दैमा अनुसन्धान, सत्यतथ्य छानबिन गर्न नपाउने हो र ?
सुरुवातमा जब कोरोनाको महामारी फैलियो र यहाँ युएइबाट करिब १ सय २० जना गर्भवती महिलालाई नेपाली दुताबासको सहयोगमा नेपाल पठाइयो । सामाजिक सञ्जालमा धेरै नै नकरात्मक हेडलाइनले ठाँउ पायो र मैले त्यसबारे आफ्नो सामाजिक सञ्जालमा एउटा पोस्ट गरेको थिएँ । त्यो पोस्टलाई एउटा चिनेको सरले आफ्नो न्युजपोर्टलमा एज अ आर्टिकल राखिदिनुभयो । पछि धेरै फेसबुक पेज, ग्रुपमा त्यो आर्टिकल शेर भयो ।
मलाई धेरै राम्रो फिडब्याक आयो तर मलाई त्यही आर्टिकलका कारण केहीदिन तनाव महसुस भयो । राम्रोसँग काम गर्न सकिनँ, दिनहरु एकदम निराशामा बित्यो । कारण के थियो भने त्यो पोस्टलाई चिनेको दाइले आफ्नो झन्डै २ लाख तामाङहरु मेम्बर भएको एउटा ग्रुपमा पोस्ट गरिदिनुभयो मलाई नसोधी । त्यहाँ एकदमै नराम्रो गाली, तुच्छ शैलीमा खाडीमा काम गर्ने महिलालाई कमेन्ट गरिएको थियो । मेलै त्यो दाइलाई भनेर पोस्ट डिलिट गर्न लगाएँ र सदाका लागि त्यो ग्रुपबाट लिभ भएँ । म यसबेला उमेरको हिसाबले २७ वर्षको थिएँ, भनौँ मैले दुःखसुखसँगै धेरै संघर्ष गरिसकेको परिपक्कलाई त यो कुराले यति नराम्रो प्रभाव पार्यो भने ती नाबालिग किशोरीलाई कस्तो भयो होला ? यति धेरै नकारात्मक कमेन्टहरु, गालीगलोज, मार्ने धम्कीहरु आउँदा कस्तो महसुस भयो होला । हरेक घटनाका दुई पाटा हुन्छन् तर हामी नेपाली एक पक्षलाई भगवान बनाएर पूजा गर्छौँ त अर्को पक्षको कुरै नबुझी राक्षस बनाउछौँ, बाँच्नै नदिने वातावरण सिर्जना गर्छौँ । प्रश्न यो हो कि छोरी मान्छे भएर जन्मिनु पाप हो ? अपराध हो ? आफ्नो छोरी होस् या अरुको सम्मान सबैलाई गर्नुपर्छ । यदि सकिन्न भने अपमान गर्ने कुनै अधिकार पनि हुँदैन कसैलाई ।
नोटः म न त गायिकाको फ्यान समर्थक न त नायकको नै। बयान फेर्नु ती गायिकाको गल्ती हो । सत्य त यो पनि हो कि ती गायिकाले बयान नफेरेको भए ती नायक यति छिट्टै बाहिर आउने थिएनन् ।
हालः युएइ






