
मधेशदृष्टि
वीरगंज, १९ वैशाख ।
एसियन लाइफ इन्स्योरेन्स पन्ध्रौँ वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार भएको छ ।
सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ सम्मको सञ्चित नाफाबाट ८ दशमलव नौ चार सात प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने रकम २४ करोड ७१ लाख ८९ हजार ४ सय ४२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । साधारण सभाले कर प्रयोजनका लागि १ करोड ३० लाख ९ हजार ९ सय ७० रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि) वितरण समेत पारित गरेको छ ।
कम्पनीको अधिकृत पूँजी ५ अर्बबाट ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ । अध्यक्ष श्रेष्ठले पेश गरेको सञ्चालक समितिको प्रतिवेदनको साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष.२०७८÷७९ (एनएफआरएस) बमोजिम असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ ।
कम्पनीको चालू आव २०७९÷८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड रुपैयाँ र कुल लगानी ३९ अर्ब ८ करोड रुपैयाँ छ । कम्पनीको फागुन मसान्तसम्मको कुल वीमाशुल्क आम्दानी ४० अर्ब ८५ करोड रुपैयाँ छ ।






