प्रअको मनपरीले दुई वर्षदेखि छात्रवृति रोक्का

निजी ट्यिुशन संचालन र परीक्षा शुल्क लिएकोमा अभिभावकको विरोध

[mashshare]

विद्यालयले छात्रवृति वितरण नगरेको, पोशाक बैलैमा नदिएको र विद्यार्थीलाई मुरही र घुघनीमात्र खाजा दिने गरेको आरोप अभिभावकहरुको छ । प्रधानाध्यापक भन्छन— शिक्षक र कर्मचारी अभावमा छात्रवृति वितरण गर्न नभ्याएको हो ।

मधेशदृष्टि
जनकपुरधाम, १ फागुन ।
जनकपुरधाम उपमहानगरपालिका १८ भोइल स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयले विद्यार्थीहरुको छात्रवृति रकम अनियमितता गरेको आरोप लागेको छ ।

विद्यालयले गत दुई वर्षदेखि छात्रा तथा दलितलाई वितरण गरिने छात्रवृति वितरण नगरेको आरोप अभिभावकहरुले आरोप लगाएका छन् । प्रत्येक वर्ष छात्रवृति वापत विद्यार्थीहरुलाई पोशाक नै वितरण गरिदैं आएकोमा सो विद्यालयले गत र चालु शैक्षिक सत्रमा वितरण नगरेको अभिभावक सन्तोष मण्डलले बताए ।

उनले भने ‘गतवर्ष र यसवर्ष पनि आफ्नै पैसाले छोरीलाई पोशाक किनि दिएको छु । विद्यालयमा भन्न जाँदा अहिले उपमहानगरपालिकाबाट नआएको भन्दै फर्काउने गरेको छ ।’ शैक्षिक सत्र समापन हुन मात्र २ महिना बाँकी रहेको अवस्थामा अनियमितता गर्ने उद्देश्यले वितरण नगरिएको अभिभावकहरुको आरोप छ ।

त्यस्तै अभिभावक रविन्द्र मण्डलले पनि आफ्ना विद्यार्थीलाई छात्रवृति वापतको पोशाक नदिइएको गुनासो गरे । उनले भने ‘अहिलेसम्म पोशाक दिइएको छैन । पोशाक किनिसकेपछि दिने गरिन्छ। त्यो पोशाकको काम हुदैन ।समयमा नदिएर पछि दिनुको कुनै अर्थ छैन ।’
सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेपनि सो विद्यालयले परीक्षा शुल्क वापत प्रत्येक विद्यार्थीसँग ५० रुपैयादेखि एक सय रुपैयासम्म परीक्षा शुल्क लिने गरेको आरोप अभिभावकहरुको छ । अभिभावक केवल मण्डलले भने ‘ सरकारले निशुल्क शिक्षा दिने भन्दै आएको छ तर विद्यालयले परीक्षा श्ुल्क, नाम दर्ता र स्थानान्तरण प्रमाणपत्रमा समेत रकम असुल्द छ ।’

उपमहानगरपालिकाले सार्वजनिक गरे अनुसारको खाजा विद्यार्थीहरुलाई नदिई प्रत्येक दिन मुरही घुघनी मात्र विद्यार्थीहरुलाई खुवाउने गरेको आरोप अभिभावकहरुको रहेको छ । तिनीहरुले भने सबै दिन मुरही घुघनी खानाले बच्चाहरुको पेट खराब हुने सम्भावना रहन्छ ।
प्रधानाध्यापक रामचन्द्र मण्डलले गत वर्ष छात्रवृति वितरण गरिएको दाबी गर्दे यसवर्ष शिक्षक कर्मचारीको आभावले गर्दा वितरण गर्न नसकिएको बताउँछन् । उनले भने ‘हामीले निर्णय गरिसकेका छौं ५÷१० दिनभित्रै छात्रवृति वापत प्रत्येक वर्ष झै यसवर्ष पनि पोशाक नै वितरण गर्देछौं ।’

जहाँसम्म परीक्षा शुल्क, नाम दर्ता र स्थानान्तर प्रमाणपत्र वापत रकम लिने गरेको स्वीकार गर्दे प्रधानाध्यापक भन्छन् ‘ परीक्षा शुल्क मात्रै लिने गरिएको छ, त्यो पनि एकदम पनि न्यून छ ।विद्यालयका केही खर्च वहन गर्न हामीले समाजकै निर्णय अनुसार परीक्षा शुल्क वापत न्यून रकम लिने गरेका छौं ।’

छात्रवृति वितरणबारे उपमहानगरपालिकाको शिक्षा इकाई समितिका मेहीलाल यादवका अनुसार प्रत्येक वर्ष छात्रवृति रकम पठाइएको छ । यादव भन्छन् ‘यदि कुनै विद्यालयले वितरण गरेको छैन भने गलत कुरा हो । यस सम्बन्धमा हामी बुझ्छौ ।’ विद्यालय व्यवस्थापन समिति गठन गर्ननसकेका विद्यालयहरुको हकमा भने अनुदान कट्टा गर्ने निर्णय भएको जानकारी यादवले दिए ।

सो विद्यालयका शिक्षकहरुले विद्यालय भवनमै निजी टियूशन पढाएर दुरुपयोग गर्दै आएको आरोप एक अभिभावकले नाम नबताउने शर्तमा बताए । उनले भने ‘विद्यालय सार्वजनिक सम्पति हो यसमा निजी व्यवसाय गर्न सकिदैन । तर विद्यालयका शिक्षकहरुले प्रत्येक विद्यार्थीसँग ३ सयदेखि ५ सय रुपैयाको दरले बिहान र बेलुका टिय्शन पढाउने गरेका छन् ।

प्रधानाध्यापक रामचन्द्र मण्डलले स्कुलमा ट्यिुशन पढाउने थालनी गरेको बताउँदै स्थानीय भन्छन् ‘विवाद भएपछि प्रधानाध्यापकले छोडे पनि अन्य शिक्षकहरु लगाएर ट्यिुशनको नाममा व्यवसाय गर्दै आएका छन् ।

सार्वजनिक सम्पतिको प्रयोग गरी निजी ट्यिशन संचालन गरेर विद्यालयलाई के फाइदा भइरहेको भन्ने जिज्ञासामा उनले उनी भन्छन् ‘यसमा विद्यालयभन्दा पनि विद्यार्थीहरुलाई फाइदा छ । यसमा सार्वजनिक सम्पतिको कतै दुरुपयोग भएको हामीले देख्दैनौ ।’ विद्यालयमा वर्षौदेखि विद्यालय व्यवस्थापन समिति समेत गठन हुनसकेको छैन । अभिभावकहरु प्रधानाध्यापककै कारणले व्यवस्थापन समिति गठन हुननसकेको आरोप लगाएका छन् ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button