जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत निलम्बित

[mashshare]

जनकपुरधाम, माघ २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झा निलम्बनमा परेका छन् ।

२०७४÷७५ मा तत्कालिन सहिदनगरनगरपालिकामा रहेका झासहित १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको उजुरी परेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहरभएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

विशेष अदालतमा मुद्दा दायर भएपछि पद स्वतः निलम्बनमा पर्ने भएकाले झा निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष २०७४÷७५ मा शहिदनगर नगरपालिका वडा नं। ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६।२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

उनीसँगै तत्कालिन मेयर उदय बरबरिया, उपमेयर, प्रमुख प्रशासकिय अधिकृतलगायत १२ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button