
आरके श्रीवास्तव
गरुडा,२४ माघ । बारा जिल्लाको जैतापुर मनहर्वामा रहेको रिलायन्स चिनी मिलको बदमासी देखिएको छ ।
रौतहटमा रहेको श्री बाबा बैजुनाथ चिनी मिलबाट उँखु काट्नको लागि लगेको आर्वेष्टर मेसिन कब्जामा लिएको छ । जिल्ला प्रशासन कार्यालयको आडमा मिल सञ्चालक राजु गाडियाले प्रहरी सँग सेटिङ्गगरी मेसिन नियन्त्रणमा लिन लगाएका हुन् । उक्त भेगका किसानहरुलाइ चलान पुर्जी नदिएपछि किसानहरु रौतहटको कटहरिया नगरपालिकामा रहेको चिनी
लमा उँखु दिनको लागि उक्त मेसिन लगेका थिए । अनाहकमा किसानहरुलाइ दुःख दिइरहेका स्थानियवासीहरुको भनाई छ ।
चिनी मिलबाट चलान पूर्जा पाउने आशमा बसेको महिनौ भइसकदा पनि किसानहरुले अहिलेसम्म पनि चलान पूर्जा पाएका थिएन् । उखु रोप्ने बेलामा चिनी मिलका जेटीएले चलानको कुनै समस्या हुँदैन ढुक्क भएर खेती गर्नुस् भनेर आश्वासन दिए । किसान ध्रुव्र राय भन्छन्, ‘तर अहिले चलान पुर्जी नपाउँदा खेतमै उखु छिप्पिएर सुक्न थालेको महिनौं भइसक्यो, उ बेला आश्वासन दिएका जेटीए पनि बेपत्ता छन् । ’
अहिले छिमेककी जिल्लाको चिनी मिलका मालिकसँग भनसुन गराई चलान पूर्जी लिएर उखु बेचन लाग्दा रिलायन्स चिनी मिलले दुःख दिइरहेका छन् । गत वर्ष उखु कृषकहरुले रिलायन्स चिनी मिलले उखु नलिदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उखुको क्षतीपूर्तीको लागि ज्ञापनपत्र बुभाएका थिए । किसानहरुले प्रदशैन समेत गरेका थिए । तर कुनै किसिमको सुनवाइ भएको थिएन् ।
त्यसैले यसपाली किसानहरु छिमेकी जिल्लाको चिनी मिलमा बेच्ने निधो गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराको आडमा उखु किसानहरुलाइ दुःख दिने काम भइरहेको किसानहरुले आरोप लगाएका छन् ।
बाराको कलैया उपमहानगरपालिकाको मनहर्वामा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्रालिको लापर्बाहीका कारण हजारौं उखु कृषक मारमा परेका छन् । रिलायन्स चिनी मिलले उखुको चलान पुँजी उपलब्ध नगराएका कारण त्यस भेगका उखु किसान समस्यामा परेका हुन् ।
उँखु कृषक राजेन्द्र प्रसाद साह भन्छन्,‘गत वर्ष ६ बिगहा क्षेत्रफल जग्गामा लगाइएको उँखु समयमा चलान पुर्जी नपाउँदा खेतमै उखु सुकेर दाउरा बनाउनु पर्यो । यसपाली अन्य मिललाइ उखु बेच्न लाग्दा अनावश्यक दुख दिइरहेका छन् । यस प्रति सम्बन्धित निकायको ध्याकर्षण समेत कृषकहरुले गराएका छन् ।






