कटहरियामा नया प्रमुख प्रशासकीय अधिकृतमा साह

[mashshare]

आरके श्रीवास्तव
गरुडा,२४ माघ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नयाँ हाकिमको रुपमा रामप्रकाश साह हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट नि.प्रमुख प्रशासकीय अधिकृतको रुपमा साह हाजिर भएका हुन् । उनलाई नगर प्रमुख अजय प्रकाश जयसवाल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।

कटहरिया नगरपालिकामा नयाँ हाकिमको रुपमा रामप्रकाश साहलाई जिम्मेवारी दिइएको थियो । शाखा अधिकृत बासुदेव भट्टराई द्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ । नगर कार्यपालिकाको निर्णय सहित लेखी आएको बमोजिम कटहरिया नगरपालिकामा कार्यरत नेपाल प्रशासन सेवा,लेखा समूह अधिकृत स्तर आठौं तहमा कार्यरत रामप्रकाश साहलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ ।

यस अघिको स्थानीय सरकारमा पनि कटहरिया नगरपालिकामा साह प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । सो अवसरमा योजना शाखा प्रमुख रामनरेश यादव,शिक्षा संयोजक अनिल निधी,सह संयोजक सुरेन्द्र ठाकुर सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button