विवाह भएकाे दुई महिनामै आन्दाेलनमा मारिए आलम

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

भदाै २३ गते काठमाडाैँमा भएकाे जेन्जी समूहकाे आन्दाेलनमा वीरगंजका एक युवाकाे पनि शहादत भएकाे छ । आन्दाेलनमा भएकाे गाेलिबारीमा परेर वीरगंज-१२, मुर्लीका असाहव आलम ठकुराइकाे निधन भएकाे हाे ।

पारिवारिक स्राेतका अनुसार उनकाे विवाह भएकाे २ महिना दुई दिनमै निधन भएकाे हाे । उनका परिवारमा ५ दाजुभाइ थिए र उनी साहिला सन्तान हुन् । उनी काठमाडाैँमा बिबिए अध्ययनरत थिए र विदेश जाने तयारीमा थिए ।

उनका बुवा विदेशमै कार्यरत छन् । भदाै २३ गते भएकाे आन्दाेलनमा उनकाे पेट र छातिमा गाेली लागेकाे पाइएकाे छ । उनकाे मुस्लिम परम्पराअनुसार मुर्ली पोखरीनिर रहेको कबरगाहमा दाहसंस्कार भएकाे छ । दाहसंस्कारमा ठूलाे संख्यामा स्थानीयकाे सहभागिता थियाे । उनलाई जेन्जी आन्दाेलनमा मधेशकाे शहीद मानिएकाे छ ।

शुक्रबार काठमाडौँबाट आलमकाे शव ल्याइएकाे हाे । छाेराकाे निधनकाे शाेकमा आमा नाजरा खातुनसहित अहिले परिवार र बस्ती शाेकमा डुबेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button