वीरगंज ।
तालुक नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज (हाल जनकपुरधाम, धनुषा) का कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गको नेतृत्वमा रहेको निरीक्षण टोलीले बिहीबार पर्सा जिल्ला प्रहरी कार्यालय, वीरगञ्जको विभिन्न शाखाहरुको निरीक्षण गरेको छ।
निरीक्षण टोलीले पर्सा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान तथा कारवाही शाखा, CFD/CRS शाखा, CDR सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छानबिन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा र नागरिक सहायता कक्षको समेत निरीक्षण गरेको थियो।
निरीक्षण क्रममा प्रहरी वरिष्ठ उपरीक्षक गुरुङ्गले सुधार गर्नु पर्ने पक्षहरुलाई औँल्याएर अनुसन्धानका प्रक्रियाहरु, विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था र ऋब्ए निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक गुरुङ्गले यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवाग्राहीहरुको लागि निस्स्वार्थ र पारदर्शी तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। पर्सा प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार यो निरीक्षण र निर्देशनले प्रहरी सेवा प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
पर्सा जिल्ला प्रहरी कार्यालयले यस निरीक्षणका दौरान प्राप्त निर्देशहरुको पालन गर्दै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने दिशा तय गरेको छ।






