चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

[mashshare]

काठमाडौँ ।
चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैँसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घटनास्थलतर्फ गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button