
मधेशदृष्टि
रौतहट ।
तिहारको रमझम भइरहँदा गौरमा भने फोहोरको थुप्रोमा नवजात शिशु फेला परेको छ । कसैले जन्माएर फालेको अवस्थामा वडा नम्बर ६ सबगढा, महजिदनजिकै स्वस्थ अवस्थाको नाबालिका फालेको पाइएको हो ।
नाबालिकालाई स्थानीयले प्रादेशिक अस्पताल गौर पुर्याएका छन् । अस्पतालले कोही कसैले सन्तान अभाव खेपिरहेको भए शिशु लिन सक्ने गरी सम्पर्कमा आउन आग्रह गरेको छ । अस्पतालका अध्यक्ष मोहमद अन्वर हास्मीलाई ९८५५० ४०३०४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।






