आठ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

[mashshare]

मधेशदृष्टि
राजविराज ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा परेका सप्तरी, खडक नगरपालिका–७ कल्याणपुरका मिटरब्याजी रामदेव साहु तेलीसहित आठ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले ठगी तथा आपराधिक विश्वासघातबाट उनीहरुले गैरकानूनी स्रोतको सम्पत्ति आर्जन गरेको देखिएपछि जिल्ला सरकारी वकिल कार्यालयले बुधबार सप्तरी जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

६४ वर्षीय तेलीसहित उनकी पत्नी ६० वर्षीया शिवकुमारी देवी, छोराहरु ४८ वर्षीय नन्दकिशोर साह तेली र ४१ वर्षीय विपिनकुमार साह, छोरीहरु ४६ वर्षीया पुषा साह र ४३ वर्षीया अनुराधाकुमार साह, नन्दकिशोरका छोरा २५ वर्षीय चन्दनकुमार साह तथा धनुषाको सबैला नगरपालिका–१० का ३४ वर्षीय कैलाश साहविरुद्ध मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता गोकुलबहादुर निरौलाले जानकारी दिए ।

उनकाअनुसार रामदेव, नन्दकिशोर, पुषा र अनुराधाकुमारी गरी चार जनामाथि १२ करोड ४२ लाख ७६ हजार २ सय २२ रुपैयाँ ६० पैसा बराबरको बिगो धन सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको दाबी गर्दै दोब्बर जरिवाना, कसूरको मात्राअनुसार कैदको सजाय गर्न अभियोग पत्रमा माग गरिएको छ भने शिवकुमारी, विपिनकुमार, चन्दनकुमार र कैलाशको बढीबढाउ सम्पत्ति जफतका लागि माग गरिएको छ ।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा नन्दकिशोर र शिवकुमारी देवी पुर्पक्षका लागि सप्तरी कारागार र अनुराधा कुमारी विराटनगर कारागारमा छन् भने रामदेवसहितका अन्य व्यक्ति फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button