‘आजको काम आजै’ सकाउन निर्देशन

[mashshare]

मधेश प्रदेशका १२ मन्त्रालयको वेबसाइट अपडेट छैनन्, कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मधेशमा कामकाजमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्दै जाँदा मुख्यमन्त्री सिंहले कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशाला–२०८१ लाई सम्बोधन गर्दैै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए । ‘मधेशको आउटपुट काठमाडौँले हेरिरहेको छ,’ उनले भने, ‘सरकारले नीति ल्याउने हो, काम भने कर्मचारीले नै गर्ने हो ।’

अर्थ मन्त्रालयले मुजेलियामा गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित्त भई अघि बढ्न सचिवहरुलाई समेत निर्देशन दिए । ‘मधेश प्रदेशका १२ मन्त्रालयको वेबसाइट अपडेट छैनन्, कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढनुपर्छ, आफ्नो दायित्व पूरा गर्नुस् ।’ अर्थमन्त्री सुनिल कुमार यादवको अध्यक्षतामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले कार्य सम्पादनमा ढिलासुस्ती नगर्न सचिवहरुलाई निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button