
मधेशदृष्टि
जनकपुरधाम ।
राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणा माग गर्दै जनकपुरधाममा दबाब कार्यक्रम भएको छ । कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडिले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीले कापडिको पुत्लादहन गरेका थिए ।
कार्यक्रममा सहभागीले ‘गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर’, ‘गुरुदेव कामतको अपमान कार्य बन्द गर’लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । नेता पुर्बेले गुरूदेव कामतले मधेशका लागि कला र सङ्गीतका माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे ।
प्रदर्शनकारीले कापडिको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै उनको राजीनामा पनि माग गरे । कार्यक्रममा सहभागीहरूले कापडिले गुरूदेव कामतको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै यस प्रकारको गतिविधिले मधेशको गौरवलाई ठेस पुर्याएको बताए ।






