जनमतको सचिवालय बैठक: प्रदेश सरकार, राजनीतिक परिस्थिति र कार्यदिशामा छलफल

[mashshare]

४८ दिनदेखि हाम्रो पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्री, मन्त्रीहरुले कसरी जनताका मुद्दा सम्बोधन गरिरहेका छन्, गठबन्धनमा के कसो समन्वय गरेर कार्यप्रगति भइरहेको छ भन्ने विषयमा छलफल गर्ने छौँ । अर्को कुरा चैँ वर्तमान राजनीतिक परिस्थितबारे हाम्रो स्पष्ट दृष्टिकोणसहित जनतामा जान पार्टीको आगामी कार्यदिशाबारे नै घनिभूत छलफल भइरहेको छ र शनिबार केही निष्कर्षमा पुग्नेछौँ ।
डा. शरद सिंह यादव,
प्रवक्ता, जनमत

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशमा मुख्यमन्त्री नेतृत्वको सरकार, नयाँ गठबन्धनसहित राजनीतिक समस्याहरुमा समाधान पहलका लागि निष्कर्षमा पुग्न शुक्रबारदेखि जनकपुरधाममा जनमत पार्टीको सचिवालय बैठक शुरु भएको छ । बैठक निष्कर्षसहित शनिबार समापन हुनेछ ।
बैठकमा पार्टीले नेतृत्व गरेको मधेश सरकारको कामकाज कार्यान्वयनमा देखिएका समस्या समाधानको विकल्पबारे छलफल हुने बताइएको छ ।

मधेशमा पहिलोपटक नेतृत्व सम्हालेको जनमत पार्टी ४८ दिनमै समीक्षामा उत्रिएको हो । जनकपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रदेश सरकारको कामकारबाहीमा भएका उपलब्धी तथा कठिनाइ समाधान, प्रदेश सरकारलाई सफल बनाउने रणनीति, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशाबारे घनिभूत छलफल भएर निष्कर्षमा पुगिने बताइएको छ ।

बैठकमा सचिवालयका १७ पदाधिकारी तथा सदस्यहरूसँग मात्र छलफल गरिनेछ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरूसँग पनि छलफल गरिने कार्यतालिका छ । यसअघि बैठकमा सहभागी हुने जनकपुर आइपुगेका पार्टी अध्यक्ष डा. सिके राउतलाई जनकपुरमा नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button