
मधेशदृष्टि
वीरगंज ।
एनयुजेआई रक्सौल अनुमण्डल इकाईको आयोजनामा नेपाल–भारत सम्बन्धको विगत र वर्तमान विषयमा गोष्ठी तथा अभिनन्दन समारोह सम्पन्न भएको छ । वाईएस रिसोर्ट रक्सौलको अडिटोरियममा आयोजना गरिएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, संस्कृति, खेलकुद, पत्रकारितालगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तथा भारत सरकार र बिहार सरकारका विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका १०१ जना सहभागीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बीजेपी सांसद तथा बिहार प्रदेशका पूर्व अध्यक्ष डा सञ्जय जैसवाल, विशेष अतिथि एसएसबी कमाण्डेन्ट विकास कुमार, नेपालकी सांसद वीणा शर्मा, महेरका संस्थापक तथा निर्देशक लुसी कुरियम, विशेष अतिथिमा नेपालका विधायक तथा पूर्व केन्द्रीय मन्त्री जितेन्द्र सोनल, नेपाल सरकारका पूर्व केन्द्रीय शिक्षामन्त्री रामचन्द्र कुशवाहा, पूर्व केन्द्रीय राज्यमन्त्री करिना बेगम, पूर्वमन्त्री श्यामविहारी प्रसाद, नेपालका पूर्वमन्त्री ओमप्रकाश शर्मा, संविधानसभा सदस्य रामचन्द्र प्यासी कुशवाहा, पूर्व विधायक पहलाद गिरीलगायतको उपस्थिति रहेको थियो ।
वक्ताहरुले नेपाल–भारत सम्बन्ध शताब्दीयौं पुरानो रहेको बताए । यो नाता बेटी र रोटीको नाता हो । आगामी दिनमा पनि यो सम्बन्ध कायम रहनेछ । आपसी माया, सद्भाव र भाइचाराको सम्बन्धलाई मजबुत बनाउनु पर्ने कार्यक्रमको प्रशंसा गर्दै वक्ताहरुले यस कार्यक्रमको आयोजना गरेकोमा कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।






