
राजविराज नगरपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत हुन बाँकी छ । नगर सभा नै साउनको पहिलो साता गर्ने तयारीमा छौँ । त्यसपछि बजेट प्रविष्टिका लागि पठाउँछौँ । साउनको २० गतेसम्ममा सबै काम हुन सक्छ ।
–विष्णु प्रसाद गुरुङ
प्रमुख प्रशासकीय अधिकृत, राजविराज नगरपालिका, सप्तरी
हामीले गाउँसभा गर्दा प्रतिशतका आधारमा मात्रै बजेट बाँडफाँड गरेर सकाएका हौँ । अब यसका आधारमा बजेट निर्धारण गर्छौँ । कुनै विवाद छैन । वशविधागत बजेट टुक्र्याएर बाँडफाँड गरेपछि मात्रै मन्त्रालयमा पठाउँछौँ ।
लालबहादुर श्रेष्ठ,
अध्यक्ष, ठोरी गाउँपालिका, पर्सा
हामीले अहिलेसम्म धोबिनी गाउँपालिकाको गाउँसभा गरेका छैनौँ । बजेटमा सहमति जुटाउन राजनीतिक छलफल गरिरहेका छौँ । सहमति बनेपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट पास गर्ने तयारीमा छौँ ।
मदन प्रसाद चौहान,
अध्यक्ष, धोबिनी गाउँपालिका, पर्सा
मधेशदृष्टि
वीरगंज ।
स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम गरेर बजेट पास गर्नु पर्ने कानूनी प्रावधान छ । तर यसरी बजेट नल्याउनेमा मधेश प्रदेशका आधा पालिका छन् । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा बजेट विवरण नबुझाउने पालिकाको संख्या ६८ र बुझाउनेको संख्या पनि ६८ उल्लेख छ । तर पालिकागत विवरणमा भने ६७ पालिकाले मात्रै बजेट बुझाएको र नबुझाउनेको संख्या ६९ देखिएको छ ।
बजेट पास गरेर पनि मन्त्रालयमा नबुझाउनेमा पर्सा, रौतहट, सिरहा र सर्लाहीका पालिका अगाडि देखिएका छन् । उसो त नाम चलेका पालिकाहरुको बजेट अझै पारित नभएको वेबसाइटले बताउँछ । हामीले पनि यो समाचार तेस्रोपटक प्रकाशन गरेका हौँ । असार १० गते पारित गर्नेहरुको सूचीको समाचार पहिलो र त्यस यता भएका पालिकाहरुको सभाको समाचार फलोअप गर्दै दोस्रो समाचार प्रकाशन गरेका थियौँ । असार सकिनै लागेको छ ।
तेस्रोपटक फलो अप गर्दा पनि अझै आधा पालिकाले बजेट मन्त्रालयमा पठाएका छैनन् । कैयौँ पालिकाको बजेट पास हुन गाउँ–नगर सभा नै हुन सकेको छैन । तयारीमा पालिकाहरु जुटेका छन् । कैयौँले बजेट प्रतिशतमा पास गरेर टुक्र्याउन भ्याएका छैनन्, त्यसैले मन्त्रालयमा पठाएका छैनन् ।
बुधबार मन्त्रालयको वेबसाइटमा मधेश प्रदेशका स्थानीय तहले बजेट पेश गरे–नगरेको बारे उल्लेख भएको विवरण यस्तो छः
१. सप्तरीः
१. डाक्नेश्वरी नगरपालिका
२. राजविराज नगरपालिका
३. बोदेबर्साइन नगरपालिका
४. हनुमाननगर कंकालिनी नगरपालिका
५. छिन्नमस्ता गाउँपालिका
६. तिलाठी कोइलाडी गाउँपालिका
७. रुपनी गाउँपालिका
८. बलान बिहुल गाउँपालिका
२. सिरहाः
१. कल्याणपुर नगरपालिका
२. गोलबजार नगरपालिका
३. मिर्चैया नगरपालिका
४. सुखीपुर नगरपालिका
५. औरही गाउँपालिका
६. कर्जन्हा नगरपालिका
७. नवराजपुर गाउँपालिका
८. वरियारपट्टि गाउँपालिका
९. भगवानपुर गाउँपालिका
१०. लक्ष्मीपुर पतारी गाउँपालिका
११. विष्णुपुर गाउँपालिका
३. धनुषाः
१. जनकपुर उपमहानगरपालिका
२. क्षिरेश्वर नगरपालिका
३. धनुषाधाम नगरपालिका
४. औरही गाउँपालिका
५. कमला नगरपालिका
६. जनकनन्दिनी गाउँपालिका
४. महोत्तरीः
१. जलेश्वर नगरपालिका
२. बर्दिबास नगरपालिका
३. औरही नगरपालिका
४. मटिहानी नगरपालिका
५. रामगोपालपुर नगरपालिका
६. सोनमा गाउँपालिका
५. सर्लाही
१. मलंगवा नगरपालिका
२. बलरा नगरपालिका
३. बागमती नगरपालिका
४. हरिपुर्वा नगरपालिका
५. चक्रघट्टा गाउँपालिका
६. धनकौल गाउँपालिका
७. विष्णु गाउँपालिका
८. बसबरिया गाउँपालिका
९. पर्सा गाउँपालिका
६. रौतहट
१. गरुडा नगरपालिका
२. कटहरिया नगरपालिका
३. गढीमाइ नगरपालिका
४. गुजरा नगरपालिका
५. देवाही गोनाही नगरपालिका
६. फतुवा विजयपुर नगरपालिका
७. बोधीमाई नगरपालिका
८. माधवनारायण नगरपालिका
९. मौलापुर नगरपालिका
१०. वृन्दावन नगरपालिका
११. यमुनामाइ नगरपालिका
७. बारा
१. सिम्रौनगढ नगरपालिका
२. आदर्श कोतवाल गाउँपालिका
३. पचरौता नगरपालिका
४. परवानीपुर गाउँपालिका
५. सुवर्णपुर गाउँपालिका
६. विश्रामपुर गाउँपालिका
८. पर्साः
पर्सागढी नगरपालिका र छिपहरमाइ गाउँपालिकाको मात्रै प्रविष्ट भएको छ ।
१. वीरगंज महानगरपालिका
२. पोखरिया नगरपालिका
३. जगरनााथपुर गाउँपालिका
४. धोबिनी गाउँपालिका
५. पकाहामैनपुर गाउँपालिका
६. पटेर्वासुगौली गाउँपालिका
७. बहुदरमाइ नगरपालिका
८. विन्दबासिनी गाउँपालिका
९. सखुवाप्रसौनी गाउँपालिका
१०. ठोरी गाउँपालिका
११. कालिकामाइ गाउँपालिका
१२. जिराभवानी गाउँपालिका
स्रोतः एमओएफएजिए डट जिओभी डट एनपी÷एलजीबजेटडिटेल्स






