डोम बस्तीमा स्वास्थ्य शिविर, २३५ जनाले लिए सेवा

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाको डोम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । आज (बुधबार) बिहान प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेश्नल मेडिकल कलेज वीरगंज, सामुदायिक आँखा अस्पताल वीरगंज, रुंगटा वेलफेयर सोसाइटी वीरगंज र ग्रीन सिटी सामुदायिक सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

बजार छपकैयाको डोमबस्तीमा आयोजित स्वास्थ्य शिविरमा आँखा, दाँत, कान र सुगरसम्बन्धी चेकजाँच गरिएको गीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । स्वास्थ्य सेवा सुविधामा सहज पहुँच नभएका विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सामुदायिक आँखा अस्पताल वीरगंजका संयोजक, महेशसिंह धामीले बताए ।

उक्त स्वास्थ्य शिविरबाट महिला, बालवालिका, जेष्ठ नागरिक गरी दुई सय ३५ जनाले सेवा लिएको नेशनल मेडिकल कलेज वीरगंजका डाइरेक्टर शाहनवाज अन्सारीले बताए । विगतदेखि नै स्वास्थ्य शिविर, सरसफाई तथा वृक्षारोपणलगायतका विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रसँग सहकार्य गरेर नेशनल मेडिकल कलेजले पनि काम गर्न पाएकोमा डाइरेक्टर अन्सारीले खुसी व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि समाजका लागि स्वास्थ्य क्षेत्रमा काम गर्न नेशनल मेडिकल कलेज प्रतिबद्ध रहेको बताए ।

स्वास्थ्य शिविरमा वेलफेयर सोसाइटी वीरगंज पर्साका अध्यक्ष, सुरेशकुमार रुगंटा, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी बरिष्ठ नायव निरीक्षक गुनिधि खकुरेल, इलाका प्रहरी कार्यालय छपकैयाका प्रहरी नायव निरीक्षक, ज्योती प्रकाश कार्की, नेशनल मेडिकल कलेजका डाक्टर ईशरत जहान अन्सारी, देवेन्द्र जयसवाल, अपसना खातुन, रुपेशकुमार झा, आलोक कुमार सिंह, सामुदायिक आँखा अस्पताल वीरगंजका संयोजक, महेशसिंह धामी, डाक्टर प्रशान्त चौरसिया, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रहरी बरिष्ठ हवल्दार, प्रेम राम, प्रहरी जवान पूर्ण कुमारी श्रेष्ठ, अमरसिंह साउदलगायत विभिन्न संघ संस्थाका पदाधिकारी, सामाजसेवी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button