
मधेशदृष्टि
वीरगंज ।
वीरगंजको आदर्शनगरस्थित सिद्धार्थ बैकको शाखा कार्यालयमा आगलागी भएको छ । सिद्धार्थ बैंक भवनको दोश्रो तल्लाबाट शुरु भएको आगलागी चौथो तल्लासम्म फैलिएको छ ।
आज अपरान्ह ४ः४५ बजेतिर भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी नियन्त्रणका लागि वीरगंज महानगरपालिका दुई वटा दमकल आइपुगेका छन् ।
साथै, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीको कारण भने खुलेको छैन ।










